२०८१ वैशाख ८ गते | 20th of April 2024

रवि ओड बने दोस्रो नेपाल आईडल

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष ६ गते १६:३०

काठमाडौं – नेपालको सर्वाधिक लोकप्रिय सांगितिक रियालिटी शो नेपाल आईडल सिजन-२ को बिजेता रवी ओड भएका छन । निकै चासोका साथ हेरिएको सिजन–२ नेपाल आइडलको विजेता रवि सुदुरपश्चिमको धनगढीबाट यो यात्रामा लागेका थिए । । उनले रु. २२ लाख र विजेताको गोल्डेन माइक र होन्डाको कार पुरस्कार पाएका छन् ।Image may contain: 5 people, people smiling, people standing

टुहुरा, अत्यन्तै गरीब, गुजारा चलाऊन म्यादी प्रहरीदेखी अनेकन दु:ख गरेका ओडलाई उनको गरीबी र संगित्प्रतिको समर्पण र लगावलाई साथ दिन देश बिदेश्बाट हजारौं समर्थकहरु भोटिङ्गका लागि लागिपरेका थिए ।Image may contain: 2 people

यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो । यस्तै विक्राम बराल फस्ट रनर अप भएका छन् भने सुमित पाठक दोस्रो संस्करणको नेपाल आइडलमा सेकेण्ड रनर अप भएका छन् । उनीहरुले क्रमशः २० लाख र १२ लाख बराबरको चेक पाएका छन् ।

त्यसैगरी दोस्रो संस्करणको नेपाल आईडलमा एक्ली महिला प्रतिस्पर्धी अस्मिता अधिकारी थर्ड रनर अफ भएकी छन् । उनले होन्डाको तर्फबाट स्कुटर पनि प्राप्त गरेकी छन् । अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए । Image may contain: 1 person

Image may contain: 3 people

Leave a Reply

Your email address will not be published. Required fields are marked *