२०८१ वैशाख ७ गते | 19th of April 2024

श्रीपशुपतिनाथ फाउन्डेशन माइक्रोसफ्ट कम्पनीमा नामाकिंत

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष ६ गते २२:४८

लस एन्जलस – लस एन्जलसस्थित श्रीपशुपतिनाथ फाउन्डेशनद्दारा संचालित श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिर संसारकै चर्चित प्रविधी कम्पनी माईक्रोसफ्ट को ‘च्यारिटी संस्था’ को रुपमा नामाकिंत भएको छ । लस एन्जलसबाट नेपाली सामुदायिक संस्था यसरी यती ठुलो कम्पनीको सुचीमा नामाकिंत भएको सम्भवत: यो पहिलोपटक हो ।

मन्दिर कसरी माइक्रोसफ्टको सुचीमा पर्‍यो ?Image may contain: Bijay Thapa, suit

माईक्रोसफ्ट कम्पनीमा लामोसमयदेखी स्वास्थ्य सम्बन्धी प्राविधिक संचार निर्देशक पदमा कार्यरत लस एन्जलस निवासी प्रविधी बिशेषज्ञ समिर (बिजय थापा)को प्रयासबाट यो सम्भव बनेको छ । स्थानीय सामुदायिक सदस्य तथा विद्धार्थीहरुलाई प्राविधिक शिक्षाका कक्षाहरु निरन्तर संचालन गरेर रोजगारीका ढोकाहरु खुलाईदिएका थापाको पहलबाट माईक्रोसफ्ट कम्पनीको सुचीमा पशुपतिनाथ तथा बुद्ध मन्दिर परेको छ ।

सुचीमा पर्दैमा के हुन्छ ?

हरेक सामुदायिक संस्थाहरु स्थापना भएपश्चात समाजमा सेवा र हितका लागी प्रभावकारी बन्न खोज्छन । दु:ख सुखका अनेकन ईंटाहरु बटुल्दै स्थापनाको खम्बा गाडेर नेपाल तथा भारतबाट निर्यातित कलात्मक टुंडाल, गजुर, मुर्तीहरु, शिवलिंग र सांढेलाई सजाईसकेर सफलताको घन्टी बजाउंदै संस्थलाई दिगो बनाउन आरती र सहभागीताको शंख फुक्दैगरेको पशुपती तथा बुद्ध मन्दिर, लस एन्जलसका आफ्नै भवन र सामुदायिक केन्द्र भए पनि संस्थालाई निरन्तर संचालनका लागी अझै धेरै सहयोगका बालुवाहरु आबश्यक छन । माइक्रोसफ्ट मात्र होईन हरेक सामुदायिक सदस्य तथा शुभचिन्तकहरुको सेवाभाव मन्दिर जस्ता पवित्र संस्थाहरुलाई आबश्यक हुन्छ ।

त्यसो त ‘माइक्रोसफ्ट कम्पनीको सुचीमा परेपछि त्यसभित्र काम गर्ने ब्यक्तिले जती सहयोग गर्छन्, त्यसको त्यतीनै रकम थापा गरेर माईक्रोसफ्टले नामाकिंत संस्थालाई प्रदान गराउंछ’, पहलकर्मी थापा बताउंछन । उनकानुसार कसैले १०० डलर मन्दिरलाई सहयोग गर्‍यो भने माइक्रोसफ्ट्ले १०० डलर नै थपेर २०० डलर बनाईदिन्छ । थापा थप्छन,’माईक्रोसफ्ट कम्पनीका स्टाफले स्वयंसेवक भएर मन्दिरमा काम गरिदिए भनेपनी माईक्रोसफ्ट्ले स्वयंसेवकले खर्छेको समय बराबरको रकम पारिश्रमिकको रुपमा तिरिदिन्छ ।’ ‘जस्तै मैले ८ घण्टा बराबर स्वयंसेवा गरेको देखाएको छु, त्यतीबराबर कम्पनीले २०० डलर मन्दिरलाई प्रदान गराउंछ’ थापाले जनाए ।

 समाचार भन्दा अन्य पहलको आवश्यकता  :

एक थुक सुकी, सय थुक नदी भनेजस्तै सामुदायिक सदस्यहरुका यस्तै पहलहरुले नै हो संस्थाहरु त्यसमाथी पनि मन्दिर जस्तो पवित्र स्थान दिगो हुने । जन्मभुमीको कला, संस्क्रिती, परम्परा र चिनारीलाई उजागर गर्न स्थापित तथा प्रगतिपथतिर अघी बढेको पशुपती तथा बुद्ध मन्दिर, लस एन्जलसले रछेको ईतिहास निर्माणमा योगदानक यस्तै साना-ठुला प्रयासहरुका आवश्यक पर्छन । जसरी केही महिना पहिले ब्यवसायी सुरेन सापकोटाले आफुले फत्ते गरेको कामवापत ५०० डलर मन्दिरलाई दिने घोषणा गरे ।

प्रचार वा कसैले गरेका कामको चाकरी स्वरुप यी दुई लाईनहरु लेखिएका होईनन । देश विदेशका हजारौं सहयोगी हातहरुको यस्तै प्रयासहरुले आज परदेशमा त्यसमाथी पनि हाम्रै अांगनमा आरती गाईन्छ र अगरवत्तीको वासना आउंछ । एन्ड्रोईड र एप्प्ल फोनका अलार्मले होईन, आफ्नै मन्दिरमा बज्ने घन्टीले हामीहरुलाई बिउंत्याउंछ । मन्दिरमा तुलसी, बर, पिपल र लालुपातेका धेरै बिरुवहाँरु रोप्न बांकी छन, सबैको सवै सहयोग चाँहीं कार्यसमितिले मुल्यांकन गर्नु जरुरी छ । आँफै आरती बालेर नबोलाई कोहि आउंदैनन । ‘आव्हान’ संस्थाको माईन्यूट हुनुपर्दछ ।

अत: पहलकर्मी थापाले गरेजस्तै गूगल, याहू जस्ता ठुला कम्पनीहरुले झिनो माया गरिदिए पनि हामी बलियो हुनेछौं । के थाहा भोली बिल गेट्सको नजरमा पशुपती तथा बुद्ध मन्दिर पर्नेछ र हामीलाई द्रब्यको कुनै कमी हुनेछैन । भगवान शिव आएर हामीलाई डलर झार्दिदैंनन, न त बुद्ध नै ब्युंतिएर आउंछन । यस्तै पहलहरुले ‘सफलताका बिटा बोकेर’ आशिश दिन अवसर जुटाउनेहरु हाम्रा शिव र बुद्ध हुनेछन । साईबाबाको एउटा किताबमा लेखिएको छ,’तिम्रा अगाडी सहयोगको याचना गर्नेहरु भगवानका प्रतिमुर्ती हुन । शेषनाग गलामा भिरेर डमरू बजाउंदै भगवान शिव आउंदैनन । त्यसैले सोच कतिचोटी तिम्रासामु बुद्ध र कृष्णहरु साक्षात्कार भएर आईसके । तर तिमीले ठम्याउन सकेनौं । अनी जल चढाउंदै भगवानको चाकरी गर्छौ कि ‘प्रभु मलाई बरदान देउ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *