२०८१ वैशाख १४ गते | 26th of April 2024

बाशु फुलारासंग ईमिग्रेशन फोरम, रामप्रसाद खनालको संगीत

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष ७ गते २०:५४

लस एन्जलस – लस एन्जलसमा कानुन ब्यवसायी वाशु फुलारासंग लस एन्जलसमा ‘ईमिग्रेशन फोरम’ हुने भएको छ । न्यूयोर्कमा कानुनी पेशामा आबद्ध चर्चित कानुनकर्मी वाशु फुलारासंग आउने हप्ताको आईतवार अर्थात डिसेम्बर ३० तारिखका दिन ‘कानुनी परामर्श कार्यक्रम’ आयोजना गरिएको छ ।

लस एन्जलसबाट संचालन हुने खुल्लमन्च डट कमको आठौं वार्षिकोत्सवमा अवसरमा लस एन्जलस र यस क्षेत्र वरपर रहेका सामुदायिक सदस्यहरुमा रहेका अध्यागमन तथा अन्य कानुनी प्रश्नोत्तरका लागि अधिवक्ता फुलारा लस एन्जलस आउने छन । वार्षिकोत्सवमा आपसी भेटघाटका अलावा स्थानियस्तरमा सामुदायिक सदस्यहरुसंग रहेको कानुनी समस्याको समाधानको लागि ‘ईमिग्रेशन फोरम’ को आयोजना गरिएको छ ।

आर्टेसियास्थित स्थानिय तारा हिमालयन कुजिनमा आयोजना हुने कार्यक्रममा प्रसिद्ध गायक रामप्रसाद खनालको एकल सांगितिक प्रस्तुती पनि रहनेछ । कार्यक्रमको शुरुवात, ईमिग्रेशन फोरमपछी निर्धारित समयमा गायक खनालको प्रस्तुती रहनेछ ।Image may contain: Ram Prasad Khanal

महावाणिज्यदुत ॠषि ढकालको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा लस एन्जलसमा रहनुभएका सामुदायिक अभियान्ताहरु, सम्पूर्ण संघ-संस्थाका प्रमुखहरु तथा प्रतिनिधीहरुको साथमा नेजाका सभापती सुदिप पन्त, महासचिव किरण मरहट्टा तथा का तथा चर्चित पत्रकार सुर्य थापा लगायत सान्-फ्रान्सिस्कोबाट पत्रकार तथा सामुदायिक अभियान्ताहरुको उपस्थिती रहनेछ ।

नि:शुल्क डिनरको ब्यबस्था गरिएको कार्यक्रममा ‘नव बर्ष – २०१९’ को शुभकामना, कानुनी मन्च र सांगितिक आनन्दको लागि यहाँंहरु सबैलाई हार्दिक निमन्त्रणा छ ।

स्थान : Tara’ Himalayan Cuisine, Artesia, California.
समय : 7 : 00 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *