२०८१ वैशाख १३ गते | 25th of April 2024

पशुपतिनाथ फाउन्डेशनलाई सगुनले एक लाख डलरको शेयर दिने

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष १७ गते १७:०७

लस एन्जलस – लसएन्जलस स्थित श्रीपशुपतिनाथ फाउन्डेशनद्दारा संचालित पशुपतिनाथ तथा बुद्ध मन्दिरलाई अमेरिकामा नेपालीहरुद्दारा खोलिएको चर्चित कम्पनी सगुनले एक लाख डलर बराबरको शेयर दिने जनाएको छ ।
श्रीपशुपतिनाथ फ़ाउन्डेशनका नव-निर्वाचित अध्यक्ष गोकुल पौड्यालले सगुनमा गर्नुभएको पचास हज़ार डलर बराबरको शेयर रकम बापत अध्यक्ष पौड्यालले लगानी गर्नुभएको रकमको दोब्बर (एक लाख डलर) को शेयर फ़ाउन्डेशनलाई प्रदान गर्ने घोषणा सगुनले जनाएको छ ।

सगुनले अध्यक्ष पौड्याललाई दिएको पत्र  :Image may contain: text
केही हप्ता अघि मात्र अर्को चर्चित प्रविधी कम्पनी माईक्रोसफ्टले फाउन्डेशनलाई आफ्नो कम्पनीको ‘च्यारिटी संस्था’ को रुपमा नामाकिंत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *