२०८१ वैशाख १३ गते | 25th of April 2024

गायक एवं आईडल जज कालिप्रसाद बास्कोटा टेक्सासको लवक आउंदै

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २१ गते १६:४०

टेक्सास/लबक   टेक्सासको लवक शहरमा यहि जनवरि ६ गते अर्थात भोली आईतबार लोकप्रिय गायक एवं संगीतकार कालिप्रसाद बाष्कोटा आफ्नो प्रस्तुति लिएर आउने भएका छन् । अमेरिकाका विभिन्न शहरहरुमा आफ्नो प्रस्तुति दिइरहेका लोकप्रिय गायक एवं संगितकार वाष्कोटा यहाँस्थित नेपाली समुदायको निमन्त्रणामा लवकमा आउन लागेका हुन् । नेपाल आईडलको निर्णायकमध्येका एक बाष्कोटा पहिलो पटक लवकमा आउन लागेको जानकारी कार्यक्रमको संयोजन गरिरहेका पत्रकार भोला आचार्यले जानकारी दिए । नयाँबर्षको अवसरमा आयोजित कार्यक्रममा पहिलो पटक एउटा राष्टिय कलाकारलाई पाउने भएपछि यहाँका नेपालीहरु एकदमै उत्साहि र खुशी देखिएको उनको भनाई छ । नयाँबर्षको अवसर पारेर लवकस्थित सेन्टरप्वाइन्ट इभेन्ट सेन्टरमा भोली आईतबार वेलुकी ६ बजे कार्यक्रमको आयोजना गरिएको छ । लाईभ कन्सर्ट विथ कालिप्रसाद बास्कोटा नाम दिईएको उक्त कार्यक्रममा उनको आकर्षक प्रस्तुति रहनेछ । यसवाहेक मिस नेपाल युएसए २०१८ की फ्रस्टरनरअप पोशा जिटी, मोडल प्रविण सापकोटा लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछ ।

पछिल्लो समयका लोकप्रिय गायक एवं संगितकार वाष्कोटा पारी त्यो डाँडामा हेर घाम लाग्यो घमाईलो, निर जैले सिसाउने, ओडाउला पीरतीको वर्कौतिमीलाई, ठमेल बजार, लप्पन छप्पन जान्दिनमा जस्ता गीतहरु गाएर निकै चर्चित छन् । दैव हे, साइली, वहाना सकियो लगायतका दर्जन गीतहरुको कम्पोज गरेर नेपाली साँगितिक क्षेत्रमा लोकप्रिय वनेका बास्कोटाको प्रस्तुतिबाट लवकका नेपालीहरुलाई भरपुर मनोरन्जन लिने मौका मिलेको छ । कार्यक्रमको आयोजनाबाट निकै उत्साहि देखिएका लवक निवासी युवा व्यवसायी चन्द्र श्रेष्ठले राष्टिय कलाकारलाई आफ्नो समाजमा पाउनु गर्वको विषय रहेको वताए । त्यसैगरि कालिप्रसाद जस्तो श्रष्टालाई पाउनु यहाँका नेपालीहरुकै गर्वको विषय रहेको लवक नेपाली समाजका संस्थापक अध्यक्ष रेशम घर्तिले वताए । लवकमा करिव ३ सयको हाराहारीमा नेपालीहरु रहेको वताइन्छ ।

Venue : Center Pointe Event Center
                 4925 Marsha Sharp Fwy, Lubbock, TX 79410
Time : Dinner 6:00 pm-6:30 pm
             Concert starts at 6:30 pm
Date : Jan 6, 2019 ( Sunday)

Leave a Reply

Your email address will not be published. Required fields are marked *