२०८१ वैशाख १४ गते | 26th of April 2024

सदाचार प्रतिवद्धतापत्रमा हस्ताक्षर

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २४ गते ९:२६

गोरखा – भुकम्पपछिको पुननिर्माण र पुर्नस्थापनमा जवाफदेहिता तथा पारदर्शिता अपनाउन सदाचार प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको छ । गोरखा नगरपालिकाको समन्वय तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजनामा शनिबार सदरमुकाममा आयोजित कार्यक्रम मा गोरखा नगरपालिका प्रमुख राजनराज पन्तले पत्रमा हस्ताक्षर गरेका हुन् ।

भष्ट्राचारलाई नियन्त्रण गर्न जनप्रतिनिधिहरु नै सदाचार हुनुपर्ने बताउदै नगर प्रमुख पन्तले त्यस अनुसार जनतालाई आश्वासन पार्न सक्नुपर्ने बताए । भुकम्पपछिको पुननिर्माणको सबै काम जनप्रतिनिधि माथि आइपरेको तर आफुहरुलाई अधिकार नदिएकाले पुननिर्माणमा ढिलाई भएको उनको भनाइ छ । ‘एक वर्ष अघि नै सबै पुननिर्माणको जिम्मा स्थानीय तहलाई दिनु भनेको थियो, उनले भने, ‘तर स्थानीय तहलाई विश्वास नगर्नाले पुननिर्माणमा ढिलाई भइरहेको छ ।’ सदियौ देखि बस्दै आएका सुकुम्बासीलाई त्यहि स्थानमा बस्ने व्यवस्थापन गर्न नगरपालिका लागी परेको पन्तको भनाइ छ ।

पुननिर्माणको जिम्मा स्थानीय तहलाई दिए तिव्र गतिमा काम हुने कार्यक्रममा सहभागी वडा अध्यक्षहरुले बताएका थिए । कार्यक्रममा नगर प्रमुख पन्त, आरुघाट गाउँपालिकाका अध्यक्ष पुर्ण दाहाल, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी उपाध्यक्ष सविता भण्डारी बराल, गोरखा नगरपालिकाका सामाजिक विकास अधिकृत विजय उपाध्याय, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका गोरखा प्रमुख कमला राना लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *