२०८१ वैशाख १२ गते | 24th of April 2024

लस एन्जलसमा कन्सुलेट अफिस स्थापना हुने निर्णयको नेजस साउदर्न क्यालिफोर्निया च्याप्टरद्दारा स्वागत तथा आभार ब्यक्त

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १० गते २०:३२

नेपाल सरकारको पछिल्लो निर्णयानुसार क्यालिफोर्निया राज्यको मायावी शहर ग्रेटर लस एन्जलसमा कन्सुलेट अफिसको स्थापना गर्ने निर्णयले हामीलाई बिशेषत : ग्रेटर लस एन्जलसवासीलाई खुशी तुल्याएको छ । नेपाली जनसम्पर्क समिती, अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरले आफ्नो स्थापना कालदेखी राजनीतिको सट्टा समाजिक अभियानमा स्थानिय समुदाय, सामाजिक अभियान्ताहरु र पत्रकार साथीहरुसंग सामाजिक हक, हित र आवाजका लागि निरन्तर हातेमालो गर्दै आईरहेको स्मरण गराउन चाहन्छु ।

तत्कालिन प्रधानमन्त्री तथा दिवगंत पार्टी सभापती आदरणीय सुशिल कोईरालाज्यूलाई बाढी पीडितहरुको सहयोगार्थ न्यूयोर्क जांदा “आफ्नो पार्टी सरकारमा रहेको बेलामा दुरमा रहेको नेपाली दुतावासबाट सेवा ग्रहण गर्न महंगो र असुबिधा पर्न जाने हुंदा यो पश्चिम तटीय क्षेत्र अमेरिकाको ‘हुम्ला र जुम्ला’ जस्तो बिकट ठानिएको आभाश भएकाले पश्चिम तटिय केन्द्र लस एन्जलसमा कन्सुलर कार्यालयको स्थापनाको लागि गरिएको बिनय सार्थक भएको खुशी शेयर गर्न चाहन्छु ।

परास्ट्र मन्त्री डा. प्रकाशशरण महत, हाम्रो पार्टीका महामन्त्री डा. सशांक कोईरला, केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत, मन्त्री शंकर भन्डारी, कांग्रेस केन्द्रिय सदस्य एन पि साउद, विश्वप्रकाश शर्मा लगायत लस एन्जलस भ्रमणमा आउनुभएका हरेक दलका राजनैतीक नेता तथा सरकारी अधिकारीहरुलाई नेपाली जनसंपर्क समिती, अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरले गरेको अथक प्रयासले आज आफ्नै आंगनमा ‘कन्सुलेट अफिस’ को स्थापना हुने निर्णयले जनसंपर्क समिति, साउदर्न क्यालिफोर्निया च्याप्टरको एउटा सपना पुरा भएको छ । यस क्षेत्रका नेपालीहरु डि सी पुग्नुपर्ने समस्याबाट मुक्त भएका छन, यो नेपाली समुदायको ठुलो उपलब्धि हो ।

कन्सुलेट कार्यालय स्थापना हुने नेपाल सरकारको निर्णयको जश नेपाली जनसम्पर्क समिती, साउदर्न क्यालिफोर्निया मात्रै लिन चाहदैंन । हाम्रा सल्लाहकारज्यूहरु मुकुन्द ढुंगाना, हेमराज भट्ट, टीका चौधरी, बाणिज्यदुत ॠषि ढकाल लगायत ग्रेटर लस एन्जलस क्षेत्रका श्रीपशुपतिनाथ फाउन्डेशन जस्ता सामाजिक संस्थाहरु , तिनका अभियानताज्यूहरु, पत्रकार साथीहरुको अथक प्रयास, मेहनत र आत्मबलले आज हामीले ‘आफ्नै आंगनमा नेपाल सरकार’ पाएका छौं । ग्रेटर लस एन्जलस क्षेत्रमा प्राप्त भएको यो उपलब्धी, नेपाल सरकारको विश्वाश र सामुदायिक जितका लागि पररास्ट्र मन्त्री डा. प्रकाशशरण महत, आदरणीय नेतागण र नेपाली जनसम्पर्क समिती, अमेरिका केन्द्रिय समितीका केन्द्रिय सभापति आनन्द बिष्ट, महासचिव मुनिन्द्र नेम्वाङ्ग लगायत सम्पूर्णलाई प्रति हार्दिक आभार प्रकट गर्दछु ।

जय नेपाल !
मदन पाठक
सभापती
नेपाली जनसम्पर्क समिती, अमेरिका
साउदर्न क्यालिफोर्निया च्याप्टर
लस एन्जलस, अमेरिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *