२०८१ वैशाख १४ गते | 26th of April 2024

केन्द्र सरकार टुक्का हान्ने, परदेश सरकार मुक्का

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ ४ गते ११:५२

-अर्जुन राज पन्त

दुई नम्बरी संघियता !
भुरे नेता थान्को लाउन ल्याको संघियता
थेग्नै गार्हो मुश्किल पारो भयो रमिता
शुरुवातनै लाज मोर्दो बेथिति नै सारा
थेग्ला जस्तो देखिएन छैन टिक्ने पारा ।

ढाट्ने लुट्ने कुट्ने भन्दा छैन अर्को धन्दा
भन्न थाले अर्कै राम्रो यस्तो शासन भन्दा
केन्द्र सरकार टुक्का हान्छ परदेश सरकार मुक्का
आशे पासे बन्नु बने सोझा साझा भुक्का ।

जहानिया शासन सत्ता ढल्यो भन्थे पहिले
केन्द्र देखि परदेश सम्म फेरी आछ अहिले
नाता गोता आफन्तलाई राजदुत र पिए
खान मिल्ने सबै पद उनै लाई दिए ।

माननीय र मन्त्री तिमि पिएमा छन् उनि
सबै जाँदा जागिर खान कुकुर एक्लै हुनि
नपार भो घरको कुकुर एक्लै बसी रुनी
एकाघरका सबै तिमि संगै संगै हुनी ।

तिम्ले खान मिल्दो रैछ मिलाएर सब
द्वारपालेमा भर्ना गर कुकुर पनि अब
परिवारकै झुण्ड बनाई बसेका छौ लुट्न
आफ्ना कुरा नमान्नेलाई अफिसैमा कुट्न ।

सचिबैलाई हान्छौ थप्पर खप्पर फुट्ने गरि
कसको हिम्मत पर्न अब तिम्रा वरिपरि
टाएर पड्के सरि पड्के सचिवका गाला
मन्त्रि हौ कि टोले गुन्डा कस्तो तिम्रो चाला ।

आफ्नो स्वार्थ नमिले यी मर्ने गरि कुटछौ
मिलेमा ति तिम्रा स्वार्थ बाडी चुडी लुटछौ
आफु भन्दा ठूला सामु पेश भएर जादा
तिम्लाई पनि कस्तो होला यस्तै कुटाई खादा ।

मान्छे नै हुन् के गर्लान र भने जस्तो गरि
एक्लै दुब्लै नजानु है यिनका वरिपरि
बाध्यताले पारे पछि लाजै पो के भो र
केन्द्र संग माग अब मन्त्रि थुन्ने खोर ।

मान्छे कुट्ने यस्तो मन्त्रि खोरमा राख्नु पर्ला
चोके काठले फाएल छिराउ उसले साइन गर्ला !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *