२०८१ वैशाख ८ गते | 20th of April 2024

नजन्मिएको म !

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ ४ गते २३:१९

-सौरभ बानिया 
क्यालिफोर्निया ।

म जन्मिने आशमा कोख हुर्कदै छु
म मेरा साना आँखाबाट संसार हेर्न तत्पर छु
अनि यी  पाईलाले धर्ति इस्पर्स गर्न आतुर छु
मेरो  बाबाले मलाई अंगालोमा बेर्ने दिन को पर्खाइमा छु
आमाको न्यानो मायालाई महसुश गर्न चाहन्छु
अनि म गर्भ भित्र नै यस्ता परि कल्पनामा सधैं रमाउछु

ईच्छा,
येतिकै मा बाहिर आवाज सुन्छु
यो पेट को बच्चा त छोरी रहिछ
अनि आचानक दुइओटा आवाज
एकै साथ गुन्जिछ, हामीलाई छोरो चाहिएको
हामीलाई छोरोको इच्छा छ
अनि म छाँगाबाट खसेको जस्तै हुन्छु
अनि म छोरी हुनु के पाप हो र ?
भन्दै आफुलाई नै प्रश्न गर्न बाध्य हुन्छु

मेरो बुवा,
छोरो चाहाने मेरो बुवाले भुल्नु भएछ
वहाँले जन्म लिएको कोख छोरी मान्छे को नै हो
या त बिर्सिनु भयो,
आफुले संगै सुख दुखको साथीको रुपमा
रोजेको श्रीमती पनि त छोरी नै हो
अथवा हुन सक्छ बुवाले आफुलाई
महिला बिनाको  संसारमा कल्पना गर्दै
छोरोलाई सर्वश्रेठको दर्जा दिनु भएको
र छोरीलाई गर्भ मा नै मर्न खोज्नु भएको

अनि मेरी आमा,
जो आफु छोरी हुनुको यथार्थ भुल्नु हुन्छ
र छोरोको आगमनको प्रतीक्षा गर्नु हुन्छ
आफु छोरी भएकोमा की त मेरी आमालाई
अतिनै पिडा छ की त छोरीलाइ जन्मदिनु पाप मान्नुहुन्छ
यस्तो पनि हुन सक्छ, पुरुषसंग तुलना गर्दै
आमाले छोरी जातिलाई नै निरिही सोच्नु हुन्छ
अनि आफ्नै भ्रुंड हत्याको कल्पना गर्नु हुन्छ

कस्तो बिडम्बना,
यहाँ संसार चलाउने भन्दा बंस चलाउने ठुलो रैछ
आँशु पुछ्ने छोरी भन्दा अंश लुछ्ने छोरो महान रैछ
लक्ष्मी, सरस्वति र दुर्गा पुज्ने समाजमा
एउटी बालिका आफु जन्मिन नै संगर्ष गर्छे

अनि म,
आज त्यै संगर्ष संग जुधन खोज्दै छु
अनि मैले सजाएका सपना संगाल्ने कोशिशमा छु
भर्खर गर्भमा चार महिना लागेकी म
आफ्नो आयुको हिसाब निकाल्दै छु
अनि येतिकै मा  मेरो सपना सबै छताछुल्ल हुन्छन
म समय भन्दा आगाडी नै संसारमा आउछु
तर यो संसार मेरा लागि बिरानो छ
न म देख्न सक्छु, न इस्पर्ष लिन सक्छु
किनभने म नजन्मिनु आगाडी नै मारिन्छु
अनि म, कहिले नजन्मिएको म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *