२०८१ वैशाख १४ गते | 26th of April 2024

नेवा: समाज, साउदर्न क्यालिफोर्नियाद्दारा रक्तदान कार्यक्रम गरिंदै

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ १२ गते ११:५२

लस एन्जलस – नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा जनवरी २७, २०१९ आइतबार रक्तदान कार्यक्रम हुन गईरहेकोछ । अर्गनाइजेशनले अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । बिहान नौ बजे देखि दिउसो ३.०० बजेसम्म श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिर नर्वाल्कमा हुने रक्तदानमा भाग लिनको लागि सम्पूर्ण साउदर्न क्यालिफोर्नियाबासीलाई संस्थाले अनुरोध गरेको छ ।
पछिल्लो पटक ३० सेप्टेम्बर २०१८ मा संस्थाले रक्तदानको आयोजना गरेको थियो ।No photo description available.

हरेक व्यक्तिले गरेको रक्तदानले तीन जनाको जीवन रक्षा हुने गर्दछ । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार एकबर्ष अमेरिका बाहिर नगएको हुनु पर्दछ । सामान्य अवस्थामा ६ हप्ता पछि पुःन रगत दिन सकिने भए पनि प्लेटलेट चाही हरेक दुई साता पछि दिन मिल्दछ ।

स्रोत : दुरबिननेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *