२०८१ वैशाख ६ गते | 18th of April 2024

ओली सरकारको अधिनायकवादी हर्कतको भर्त्सना, डा. केसीलाई बचाऔं

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ १२ गते १९:३१

न्युयाेर्क – नेपाली जनसम्पर्क समिती, अमेरिकाले ओली सरकारद्दारा बहुमतको बलमा संसदमा देखाईएको दादागिरीको भर्त्सना गरेको छ । ‘सहमती र लोकतन्त्रको उपहास गर्दै बहुमतको दम्भमा गिरिजाप्रसाद र सुशिल कोइरालाको नाममा स्थापित अस्पातलको नाम र ईतिहासलाई निमिट्यान्न पार्न संसदमा देखाईएको ‘बेईमानी हर्कतको निन्दा गर्दछौं’ काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टद्वारा शनिवार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘डा. गोविन्द केसीसंग गरेको सम्झौतालाई पूर्ण बेवास्ता गर्दै षड्यन्त्रमूलक ढंगबाट अर्को विधेयक संसदबाट बलजफ्ती पारित गराउने कार्य निन्दनीय छ । यस कार्यबाट सरकारको निरङ्कुश कार्यशैली एवं गैरजिम्मेवारी चरित्र जनता सामु उदाङ्गो भएको छ’ नेजस सभापती बिष्टले बक्तब्यमा जनाएका छन ।

‘प्रवासमा रहेर पनि हामी नेपालका लोकतन्त्रका हिमायाती हौं’ नेजस अध्यक्ष बिष्टले बताए । ‘बहुमतको बलमा जनताका सार्वभौमिकता माथी बलत्कार गर्न मनाही छ ।’

प्रेस विज्ञप्तीकाे पूर्णपाठ :

अधिनायकवादी हर्कतको निन्दा गरौँ :

दुई तिहाई बहुमतको दम्भमा वर्तमान केपी ओली सरकारले लोकतान्त्रिक मूल्य,मान्यताका विरुद्ध गर्दै आएका हर्कतको निन्दा जति गरेपनि कम नै हुन्छ । संविधानमा उल्लेख गरिएका व्यवस्थालाई पनि ठाडै उल्लङ्घन गर्दै संवैधानिक प्रक्रिया र लोकतान्त्रिक मूल्यमान्यतालाई धज्जी उडाउने काम भएको छ ।

संवैधानिक नियुक्तिका लागि प्रमूख प्रतिपक्षी दलका नेता समेत सदस्य रहने परिषदको बैठक एकलौटी ढंगले गरी आफूखुशी नियुक्ति गर्ने,बहुमतको आडमा कांग्रेसको विरोध रहेकै अवस्थामा संसदबाट जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गर्ने र सभामूखले समेत संसदीय मर्यादा कायम राख्नु भन्दा सरकारको लाचार छायाँ बन्ने काम भएको छ । सर्वत्र अधिनायकवाद लाद्ने अभ्यास भएको छ। संविधानको मर्म र भावना, लोकतान्त्रिक मूल्य संसदको मर्यादा कायम राख्न सरकार र सभामूखको भूमिका निष्पक्ष हुन सकेको छैन । सरकारका यस्ता हर्कत अधिनायकवाद बाजा बजाएर आउँदैन भन्ने उदाहरणका पूर्वाभ्यास हुन् भन्ने लागेको छ ।

विगतमा डा. गोविन्द केसीसंग गरेको सम्झौतालाई पूर्ण बेवास्ता गर्दै षड्यन्त्रमूलक ढंगबाट अर्को विधेयक संसदबाट बलजफ्ती पारित गराउने कार्य निन्दनीय छ । यस कार्यबाट सरकारको निरङ्कुश कार्यशैली एवं गैरजिम्मेवारी चरित्र जनता सामु उदाङ्गो भएको छ ।
सुलभ तथा सरल स्वास्थ्य शिक्षा एवं सेवाको सुनिश्चितताका लागि सत्याग्रहको माध्यमबाट अनवरत संघर्ष गर्दै अनसन बस्नु भएका डा गोविन्द के।सी।को मागका प्रति सरकारको व्यवहार खेदजनक छ ।

सरकारले गैरजिम्मेवार र पूर्वाग्रहपूर्ण तवरले लोकतान्त्रिक आन्दोलनका श्रद्धेय नेता गिरिजाप्रसाद कोइराला र संविधानका पिता श्रद्धेय सुशील कोइरालाको नामका स्वास्थ्य संस्थालाई संघीय सरकार मातहत नरहने गरी हटाएर प्रतिशोधको राजनीति गरेको छ । हामी सरकारका अधिनायकवादी अभ्यासका यी सबैखाले हर्कतको कडा निन्दा र विरोध गर्दै मातृ पार्टी नेपाली कांग्रेसले संसद र सडकबाट गर्दै आएको र गर्ने सबैखाले विरोधका कार्यक्रमप्रति ऐक्यवद्धता जनाउँदछौं ।
आनन्द विष्ट
आमन्त्रित केंद्रीय सदस्य नेपाली कांग्रेस तथा
सभापति, नेपाली जनसम्पर्क समिति अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *