२०८१ वैशाख १३ गते | 25th of April 2024

एनआरएनको सदस्य सबैजना बनौं – नेपाल अमेरिका पत्रकार संघ (नेजा)

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ १५ गते ३:०३

लस एन्जलस – ‘नेजा ? भो ‘नजा’ भन्थे हिजो, नेपाल अमेरिका पत्रकार संघलाई । कार्यसमितिको अथक मेहनत, निवर्तमान समितिको स्पस्ट सदस्यता बिधान र बर्तमान अठोटको निरन्तरताले आज ‘नेजा’ जानैपर्छ ‘जाजा’ भएको छ । अमेरिकी नेपाली समुदायमा जबर्जस्त उपस्थिती, आवश्यकता र पहिचानको यात्रामा छ, नेजा । सामुदायिक पत्रकारिताको सिंगो समाज निरन्तर सकृय छ, नेजाभित्र । तपस्या, परिवारिक मायाको कटौती र सामाजिक पत्रकारिताको परिबन्दभित्र गोलबन्द छ, नेपाल अमेरिका पत्रकार संघ, नेजा । 

नेपाल अमेरिका पत्रकार संघ नेजाको पाचौ बैठकले अमेरिकामा रहेका नेपालीहरुको आधिकारिक छाता संस्था गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको सदस्यता आवेदनको लागी यथाशक्य सहयोग गर्ने निर्णय गरेको जनाएको छ । नेजाको महासचिव किरण मरहट्ठाद्दारा जारी प्रेस विज्ञाप्तीका अनुसार नेजा र एनआरएनए अमेरिकाको सम्बन्धलाई थप मजबुत बनाउंदै प्रवासका नेपालीहरुको सर्वाधिक शक्तिशाली संस्था, एनआरएनलाई अझ मर्यादित, पारदर्शी, सहभागीतामुलक र प्रभावकारी बनाउने अभियानमा उत्प्रेरक बन्ने उदेश्यले सदस्यता वितरण कार्य अघि बढिरहेकोले यो अभियानमा सहगोग गर्न नेपाल अमेरिका पत्रकार संघ (नेजा)मा आबद्ध संचार्कर्मी, संचार समुह एवम अमेरिकामा सक्रिय सञ्चारकर्मी तथा सञ्चारगृहहरुलाइ अनुरोध गरिएको छ ।Image may contain: 1 person, closeup

गत जनवरी २७ आइतवार सम्पन्न उक्त बैठकले नेजाको कार्यसमितिमा रिक्त रहेको सदस्यमा बोष्टनका पत्रकार दिनेश कार्कीलाइ बैठकले सर्बसम्मतले नियुक्ती गरेसंगै १७ सदस्य कार्यसमितिले पुर्णता पाएको छ । रिक्त सदस्यमा यसअघिनै पत्रकार प्रतिमा बाास्कोटा र क्यानाडाका लागि क्षेत्रिय संयोजकको रुपमा पत्रकार यम घिमिरेलाई नियुक्ती गरेको जनाएको छ । 

त्यस्तै नेजाले आफ्नो संस्थाको कानूनी सल्लाहकारमा कानुनी स्नाकोत्तर संकायमा त्रिभुवन विश्वबिद्धालयका स्वर्ण पदक विजेता चर्चित अधिवक्ता तथा न्युयोर्कस्थित कानुन व्यवसायि बाशु फुलारालाई नियुक्त गरेको छ । बैठकले भर्खरै भर्जिनियामा र न्यूयोर्कमा सम्पन्न ‘समुदायसंग नेजा’ अन्तर्कृया कार्यक्रम सफल बनाउन लागिपर्नुभएका आफ्ना संस्थाका पदाधिकारीहरु लगायत सामुदायिक सदस्यहरु र शुभचिन्तकहरुप्रती आभार प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *