२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

अरुणिमा शैक्षिक प्रतिष्ठानको ३४ औं स्थापना दिवस, वरिष्ठ पत्रकार चालिसे लगायतलाई सम्मान

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७५ माघ १७ गते १२:०३

काठमान्डौं – तीन दशक भन्दा अघि देखि निरन्तर गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै अरुणिमा शैक्षिक प्रतिष्ठानले राजधानीमा ३४ औं स्थापना दिवस मनाएको छ । प्रतिष्ठान स्थापनार्थ महत्वपूर्ण योगदान दिने व्यक्तित्व, स्थापित स्रष्टा, विद्यालयमा लामो समय अध्ययनरत शिक्षक लगायतलाई सम्मान तथा अभिनन्दन गर्दै प्रतिष्ठानले ३४ औं स्थापना दिवस मनाएको हो । स्रष्टाको रुपमा प्रतिष्ठानका वर्तमान सल्लाहकार समेत रहनु भएका वरिष्ठ पत्रकार विजय चालिसेलाई अभिनन्दन गरियो । नेपाली साहित्य तथा पत्रकारिताको श्रीवृद्धिमा अतुलनीय योगदान दिनु भएका चालिसेका चार दर्जन कृति प्रकाशित भइसकेका छन् ।

त्यस्तै चालिसेले मुलुककै जेठो गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकको प्रधानसम्पादकको भूमिका समेत निर्वाह गरिसक्नु भएको छ । चालिसेसँगै प्रतिष्ठानको वृद्धि विकासका सहयोग गर्ने गोकर्णेश्वर आरुबारीकी ठूली माया रिसाल र बौद्ध निवासी ८९ वर्षीय मिक्सु लामालाई पनि अभिनन्दन गरिएको प्रतिष्ठानका कार्यकारी अध्यक्ष ईश्वरी लामिछानेले जानकारी दिनुभयो । उहाँहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि त्रिविवि अनुदान आयोगका सदस्य सचिव प्राध्यापक डाक्टर देवराज अधिकारीले अभिनन्दन गर्नु भएको थियो । त्यस्तै प्रतिष्ठानमा २० वर्ष अध्यापन गराउनु भएका शिक्षक तेजप्रकाश ढुंगेललाई पनि अभिनन्दन गरिएको प्रतिष्ठानले जनाएको छ । सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम देखाइनुका साथै स्मारिकाको पनि विमोचन गरिएको थियो । मुलुककै स्थापित अरुणिमा शैक्षिक प्रतिष्ठानमा हाल ३२ सय विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']