२०८१ वैशाख १५ गते | 27th of April 2024

कामदा-मिलन पत्रकारिता पुरस्कार प्रचन्ड तथा पत्रकार महासंघ अध्यक्षद्वारा संयुक्त रुपमा हस्तान्तरण

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ २० गते १६:५१

चितवन – पर्सा ठोरीका पत्रकार प्रेम लामा अमेरिकाबाट संचालित हलिउडखबरले बार्षिक रुपमा प्रदान गर्ने कामदा-मिलन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । जनवरी ३०, २०१९ दिन चितवनको पर्यटकीय स्थल पटिहानीमा आयोजित नेपाल महिला पत्रकारहरुको राष्ट्रिय भेलामा लामालाई सम्मानसहित ४ सय अमेरिकी डलर (४४ हजार ६ सय १५ नेरु) नगदद्वारा पुरस्कृत भएका हुन्।

पत्रकार लामालाई पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संयुक्त रुपमा सम्मानसहित नगद पुरस्कार हस्तान्तरण गर्कानु भएको थियो। सम्मान कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल लगायतको उपस्थिति रहेको थियो।

अमेरिकाको क्यालिफोर्निया राज्यको सान्सफ्रन्सिसकोबाट प्रकाशित हुँदै आएको हलिउडखबर डटकमको दोस्रो वार्षिक उत्सवको अवसरमा मोफसलमा रहेर पत्रकारिता गर्ने लामालाई २०१८ डिसेम्बर ९ तारिखका दिन पुरस्कृत गर्ने घोषणा बमोजिम सम्मानित गरिएको हो ।

पर्साको विकट गाउँ ठोरीमा बसेर पत्रकारिता मार्फत समाज परिवर्तन गर्न लागि परेको भन्दै पत्रकार लामालाई हलिउडखबरको “कामदा-मिलन” पत्रकारिता पुरस्कारले सम्मानसहित पुरस्कृत गरिएको हलिउडखबर डटकमका सँस्थापक/सिइओ तथा प्रमुख सम्पादक कृष्ण के सीले जानकारी दिए।

पत्रकारिता क्षेत्रमा लागेका व्यक्तिहरुको मनोवल उच्च राख्ने आशा सहित पुरस्कारको स्थापना गरिएको कामदा मिलन पत्रकारिता पुरस्कारका फाउण्डर रोशन अधिकारीले बताए। स्वर्गिय माता पिताको सम्झनामा अधिकारीले अमेरिकामा “कामदा मिलन” पत्रकारिता पुरस्कार स्थापना गरेका हुन्।

पर्सा जिल्लाको ठोरी गाउँपालिका–१ सरस्वतीनगर घर भएका लामालाई पत्रकारिता माध्यमद्वारा समाजमा पुर्याएको सकारात्मक योगदानको कदर गर्दै सम्मानसहित नगदले पुरस्कृत गरिएको सम्पादक के सीले जानकारी दिए। मोफसलमा रहेर पत्रकारिता मार्फत समाज परिवर्तनका लागि योगदान पुर्याउने पत्रकारको हाैसला बढाउन प्रत्येक वर्ष एक जना पत्रकारलाई सम्मानित गरिने अधिकारीले बताए ।

डेढ दशकदेखि विभिन्न मिडिया हाउसहरुमा आवद्ध रहेर कलम चलाउँदै आइरहेका लामालाई पत्रकारिता क्षेत्रमा काम गर्न थप हाैसला मिलोस् भनेर सम्मानित गरिएको हलिउडखबरका नेपाल इन्चार्ज तथा संपादक सोनी शर्मा र फाउन्डेसनका रेशम अधिकारीले प्रतिक्रिया दिए।

लामा विजयवस्ती एफएम, नारायणी एफएम वीरगंज, माडी एफएम सहित वीरगंजबाट प्रकाशित हुने प्रतिक दैनिकमा समेत आवद्ध छन्। सो पुरस्कार ग्रहणपछि हलिउडखबर डटकम र कामदा-मिलन पुरस्कारका फाउण्डर पत्रकार रोशन अधिकारी प्रति धन्यवाद ज्ञापन गर्दै आफूले पत्रकारितामा थप योगदान गर्ने कुरा लामाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *