२०८१ वैशाख ६ गते | 18th of April 2024

देशैभरी कांग्रेसको सभा, चारतारे झन्डा र कार्यकर्ताहरु

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ २१ गते १९:२५

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध देशभरि प्रदर्शन गरेको छ । सोमबार ७७ वटै जिल्लामा भएको प्रदर्शनमा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । हातमा चारतारे झण्डा लिएर घरघरबाट आएका कार्यकर्ताहरुले आफ्नै खालको उत्साह र जाँगर थियो । उनीहरुले कम्युनिस्टविरुद्ध आक्रामक देखिएका थिए ।

ओली सरकारले प्रमुख विपक्षी दललाई पेलेरै जाने नीति बनाएपछि भड्किएको नेपाली कांग्रेसले ओली सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिएको हो । कांग्रेसले सदन र सडक दुबै मोर्चाबाट कम्युनिस्ट सरकारविरुद्ध संघर्ष थालेको छ । ओली सरकारले वाइड बडी जहाज खरिदमा अर्बौं रुपियाँ कमिशन खाएको भन्दै नेपाली कांग्रेसले भ्रष्टहरुलाई कारबाहीको माग गरेको छ ।

निर्मला पन्तका बलत्कारी र हत्याराहरुलाई कारबाहीको पनि कांग्रेसले माग गरेको छ । विरोध प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले महँगी नियन्त्रण गर्न नसकेको भन्दै ओली सरकारले देशमा शान्ति सुरक्षा समेत बिगारेको आरोप लगाएका छान् ।

नेपाली कांग्रेसले सरकारको अधिनायकवादको विरोधमा प्रदर्शन गरेको हो । कांग्रेसले संसदीय सर्वोच्चता कायम गर्न माग पनि गरेको छ । सरकारको भ्रष्टाचार, राज्य आतंक बन्द गर्नुपर्ने, संसदीय मर्यादा पालना गर्नुपर्ने, हत्याहिंसा बन्द गर्नुपर्ने, वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्नुपर्ने, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही गर्नुपर्ने, डा.गोविन्द केसीसंग भएका सम्झौता पूरा गर्नुपर्ने, चर्को मूल्यवृद्धि फिर्ता गर्नुपर्ने, तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्नुपर्ने, अनियमित बुढीगण्डकी ठेक्का बदर गर्नुपर्ने, सुशासन कायम गर्नुपर्ने, विधिको शासनको पूर्ण पालना गर्नुपर्ने, होलीवाइनको सन्दर्भ जोडेर परम्परा तोडेको आरोप र राज्य संचालन पारदर्शी गर्न कांग्रेसले कम्युनिस्ट सरकारसँग माग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *