२०८१ वैशाख ७ गते | 19th of April 2024

नेपाली राजदुतावासको घुम्ती सेवा क्यालिफोर्नियाका लस एन्जलस र सान्-फ्रान्सिस्कोमा

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १२ गते १५:३७

लस एन्जलस, क्यालिफोर्निया, २६ मे ।
नेपाली राजदुतावास, वासिङ्टन डिसी, अमेरिकाले क्यालिफोर्निया राज्यको दुई ठुला शहरहरुमा दूतावासबाट प्रदान गरिने MRP Passport (एमआरपी पासपोर्ट), Travel Document (यात्रा अनुमतिपत्र) र अन्य परामर्श सेवाहरू मे २८ लस एन्जलस र मे ३० सानफ्रान्सिस्कोमा प्रदान गर्न लागेको छ । दूतावासले नेपालीहरूको बढी उपस्थिति भएका स्थानहरुमा गई घुम्ती-सेवा (Out Reach Program) प्रदान गर्ने योजना अनुसार दूतावासका द्धितीय सचिव चक्र सुवेदीको उपस्थितिमा सो सेवा प्रदान गर्न गइरहेको अवैतनिक महाबाणिज्यदुत ऋषि ढकालले जानकारी गराउनुभएको छ ।
अमेरिका स्थित नेपाली दूतावासको वेबपेज (http://www.nepalembassyusa.org/)मा गई आफूले लिन चाहेको सेवा सम्बन्धी कागजात तयार गरी आएमा सेवा चुस्त रूपमा पाउन सकिने समेत ढकालले बताउनुभएको छ ।
कार्यक्रम लस एन्जलसमा श्री पशुपतिनाथ फाउण्डेशन र सानफ्रान्सिस्कोमा Himalayan Flavor Restaurant मा हुन लागिरहेको छ । एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरले उक्त कार्यक्रमहरुको स्थानियस्तरमा संयोजन गर्नेछ ।1495808496los-angeles.jpg

कार्यक्रमबारे जानकारी :
लस एन्जलस :
मिती : मे २८, २०१७ आइतबार,
समय : बिहान १० बजे देखि साँझ ७ बजे सम्म
स्थान : श्रीपशुपतिनाथ फाउन्डेशनको कार्यालय
लस एन्जलसको लागी सम्पर्क :
राम बाबु पाण्डे
उपाध्यक्ष, एनआरएन क्यालिफोर्निया च्याप्टर
फोन न. : ५६२-४१३-६८००

सान फ्रान्सिस्को :
मिती : मे ३०, २०१७
समय : बिहान १० बजे देखि साँझ ७ बजे सम्म
स्थान : Himalayan Flavor Restaurant
1585 University Ave, Berkeley, CA 94703
सान फ्रान्सिक्सकोको लागी सम्पर्क :
पूर्ण चन्द्र बानियां
अध्यक्ष, एनआरएन क्यालिफोर्निया च्याप्टर
फोन न. : ५३०-२२०-२२२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *