२०८१ वैशाख १४ गते | 26th of April 2024

भाषण सके लगत्तै ढल्यो पांचथर कांग्रेसको खम्बा

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ २८ गते ०:१५

पाँचथर – नेपाली जनसम्पर्क समिति, अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ्गका पिता अमरकुमार नेम्वाङ्गको निधन भएको छ । पाँचथरको फाल्गुनन्द गाँउपालिकाका अध्यक्ष नेम्वाङ्गका पिता हृदयघातका कारण शनिवार आफ्नो गृहजिल्ला पाँचथरमा नै निधन भएको हो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा निर्वाचित अमरकुमार नेम्बाङको गाउँपालिकामा आयोजित एक कार्यक्रममा मन्तव्य राखिसक्न नपाउँदै ज्यान गएको छ । गाउँपालिकाको तर्फबाट वडा नम्वर ५ गुर्वसे पञ्चमीमा आयोजित जनप्रतिनिधीको लागि क्षमता अभिवृद्धीको तालिममा प्रमुख अतिथिको मन्तव्य राखेर आफ्नो सीटमा पनि बस्न नपाउँदै अचेत भएर ढलेका नेम्बाङको होस नआइ ज्यान गएको हो। 

कार्यक्रमको मञ्चमै बेहोस भएका अध्यक्षलाई स्थानिय स्वास्थ्य कार्यकर्ताले तत्काल उपचार गर्न खोजे पनि उनको रक्तचाप लगभग शून्यमा झरेको थियो। मधुमेह र रक्तचापका विरामी रहेका नेम्बाङलाई तत्काल गाउँपालिकाको गाडीमा इलाम अस्पताल पुर्‍याइएको थियो। इलाम अस्पतालमा पुर्‍याउँदा चिकित्सकहरुले उनलाई मृत घोषित गरेको स्थानिय पत्रकार लवदेव ढुङगानाले जानकारी दिए।

२०४९ र २०५३ सालमा पनि पौवा सारतापका गाविस अध्यक्ष रहेका नेम्बाङ साहित्यिक व्यक्तित्व थिए। ७८ बर्षिय नेम्बाङ जिल्लाकै शिक्षित नेता थिए। उनले दुई विषयमा एमए सम्मको अध्ययन सकाएका थिए। जिल्लामा बौद्धिक र इमान्दार व्यक्तित्वको रुपमा उनको परिचय थियो। जिल्लामा नेपाली कांग्रेसका सम्मानित नेताको छवी थियो, नेम्बाङको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *