२०८१ वैशाख ११ गते | 23rd of April 2024

सान फ्रान्सिस्कोमा Project Entertainment Group को नयां वर्ष साँझ

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन ४ गते २०:०८

सागर श्रेष्ठ /सान्-फ्रान्सिस्को –   आउंदै गरेको नेपाली नयां वर्ष २०७६ को उपलक्ष्यमा क्यालिफोर्निया राज्यको सुन्दर शहर सानफ्रान्सिस्कोमा नेपाली समुदायमाझ पहिलोपटक Project Entertainment Group को पहलमा नयां वर्ष साँझ – क्रूज पार्टीको आयोजना हुंदैछ ।

आयोजकद्वय उद्धब केसी र हरि ओझाले जानकारी गराएनुसार क्रूज पार्टी अप्रिल १३, २०१९ शनिबारको दिन बेलुका ७:०० बजे देखि मध्यरात १२:०० बजेसम्म हुनेछ । क्रूज पार्टी Alameda Harbour बाट शुरु भई संसारकै लोकप्रिय पर्यटकीय स्थलहरु SFO Bay Bridge, GoldenGate Bridge , AT&T पार्क , Tresure Island, Alcatraz , Sausalito, Pacific Ocean परिक्रमा गरेर पुन : Alameda Harbour आएर नेपाली नया वर्ष मनाउदै समापन गरिनेछ । 

आयोजकका अनुसार “मासलाई भन्दा क्लासलाई ध्यानमा राखेर यो पार्टीको तयारी भईरहेको छ ।” कार्यक्रममा लाईभ म्युजिक, गाला डिनर, ओपेन बार पनि समावेश रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *