२०८१ वैशाख ८ गते | 20th of April 2024

‘प्रसाद’ मार्च १० तारिख आईतवार , लस एन्जलसमा

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन ९ गते २२:२८

लस एन्जलस – यस बर्षको सफल चलचित्र ‘प्रसाद’ अमेरिकाका बिभिन्न शहरहरुमा प्रदर्शन भैरहेको छ । यसैबीच आगामी मार्च महिनाको ९ तारिख, शनिवार लस एन्जलसमा ‘प्रसाद’ चलचित्रको प्रीमियर हुँदैछ । माया आर्ट्स अमेरिकाको संयोजकत्वमा निर्देशक सुरेशदर्पण पोखरेलद्दारा अमेरिकामा वितरित चलचित्र यसअघि फेब्रुवरी १६ तारिख पशुपतिनाथ मन्दिर देखाउने सुचना भएपनी बिशेष कारणवश स्थगित गर्नुपरेको थियो ।

आगामी शनिवार अर्थात फेब्रुवरी २३ तारिख ‘प्रसाद’ चलचित्र प्रदर्शन गर्ने दोस्रो सुचना जानकारी गराईएपनि अमेरिकी नेपाली समुदायको गौरव श्रीपशुपतिनाथ मन्दिरको प्राण-प्रतिष्ठा पूजा, हिन्दूहरुको महान पर्व महा-शिवरात्री र मन्दिरमा हुने बिशेष पूजाका कारण पून: मार्च ०९ तारिख महिलाहरुको ‘नारी दिवस’ कार्यक्रम परेकोले उहांहरुको अनुरोधमा आगामी १० तारिख आईतवार ७:३० बजे मन्दिरमा ‘प्रसाद’ चलचित्र प्रदर्शन कुनै पनि हालतमा गरिने यसै सुचनाद्दारा अवगत गराईन्छ ।

खुल्लामन्च मिडिया एन्ड ईन्टर्टेनमेन्ट, एलएलसीद्दारा लस एन्जलसमा प्रदर्शन गरिने ‘प्रसाद’ चलचित्रको भाका पटक-पटक सारीएकोमा क्षमा प्रार्थी छौं । हललाई बुझाउने भाडाको अलावा आफ्नै समुदायको सामुदायिक हलमा प्रदर्शन गरेर बचेँको पैसा ‘फाउन्डेशन माताहतको नेपाली पाठशाला’ लाई प्रदान गरिने लक्ष्यका साथ सामुदायिक सेवामा प्रथमचोटी लस एन्जलसमा चलचित्र प्रदर्शन गर्न लागिएको यो अवसरमा ग्रेटर लस एन्जलसवासीको साथ र सहयोगको अपेक्षा गर्दछौं ।

कार्यक्रम :
टिकट दर : $ 15.00
श्रीपशुपतिनाथ बुद्ध मन्दिर, नर्वाक, लस एन्जलस ।
समय : बेलुकी ७:३० बजे
संपर्क :
Gokul Dhakal (626) 927 7414
Birbal Budhathoki : (714) 326 6451
Sharada Shrestha : (562) 376 0732

Leave a Reply

Your email address will not be published. Required fields are marked *