२०८१ वैशाख ७ गते | 19th of April 2024

पत्रकार मानछिरिङ तामाङद्दारा निर्देशित नेपाली वृत्तचित्र अमेरिकाको फिल्म महोत्सवमा छनोट

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन १० गते १२:४५

ओहायो – अमेरिकाको फिल्म महोत्सवमा नेपाली वृत्तचित्र छनोट भएको छ । पत्रकार मानछिरिङ तामाङले निर्देशन गरेको भेडी गोठको बारेमा तयार पारिएको वृत्तचित्र ‘अ डे इन द लाइफ अफ हिमालय सेफर्ड’ छनोट भएको हो ।news-details

वृत्तचित्र ओहायो राज्यको मारित्तास्थित पिपल्स बैक थिएटरको द कोलोनी सर्ट फिल्म महोत्सवमा प्रदर्शन गरिने भएको हो । आयोजकले वेबसाइटमा राखेको सूचना अनुसार उक्त वृत्तचित्रसहित विभिन्न देशबाट ३० वटा वृत्तचित्र छनोट भएका छन् । वृत्तचित्रलाई क्रमशः प्रदर्शन गरिने बताइएको छ । मार्च १ र २ मा हुने फिल्म महोत्सवमा उक्त नेपाली वृत्तचित्र प्रर्दशन गरिनेछ ।

धादिङको रुवीभ्याली क्षेत्रमा परम्परागत रुपमा अपनाउँदै आएको भेडी गोठालाको जीवनचक्र वृत्तचित्रमा समेटिएको निर्देशक तामाङले बताए । ‘वृत्तचित्रले नेपालको हिमाली जनजीवनलाई जीवन्त उतारेर पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको छ’, उनले थपे -‘अमेरिकाको महोत्सवमा उक्त वृत्तचित्र छनोट हुनु नै खुसीको कुरा हो ।’ ‘महोत्सवमा प्रर्दशन हुने वृत्तचित्रले आगामी नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउनेछ’ निर्देशक तामाङले भने ।

निर्देशक तामाङ ३ वर्षयता अमेरिकामै बसेर पत्रकारितामा कलम चलाउदै आएका छन् । उनी धादिङ रुवीभ्याली गाउँपालिका-३ का बासिन्दा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *