२०८१ वैशाख १४ गते | 26th of April 2024

अमेरिकामा बन्दुकधारीको गोलीवाट लम्जुङ्गका घलेको निधन

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन ११ गते १८:२१

केन्टकी /अमेरिका – एक बन्दुकधारीको गोलीबाट एक नेपालीको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् । केन्टकी राज्यको राजधानी फे्रन्कपोर्टवाट झण्डैं २० मिनेटको दुरीमा रहेको एलिजावेद टाउनमा एक ग्यास स्टेसनमा काम गर्दै आएका नेपाल लमजुङ घर भएका सुभाष घलेको ज्यान गएको हो । घटनामा परी अर्का प्रयास बानिया गम्भिर घाइते भएका छन् । उनको लुवेल अस्पतालमा उपचार भैरहेको छ । घले केही समयअघि टेक्ससको डलासवाट केन्टकी बसाई सरेका थिए ।

विहिवार राती करिव साढे ११ वजे एक बन्दुकधारी स्टोरमा प्रवेश गरी गोली हानेको प्रारम्भिक जानकारी आएको स्थानीय एनआरएनए अमेरिका केन्टकी राज्यका अध्यक्ष डिल्लु पराजुलीले जानकारी दिए । ती हतियारधारीले आफ्नो प्रेमिकालाई समेत गोली हानी हत्या गरेको बताइएको छ ।
मृतकका वुवा आमा नभएको बताइएको छ । घलेका एक दिदि नेपाल र अर्की दिदि वेलायतमा वस्दै आएका छन् भने भाई सिंगापुरमा रहेका छन् । सिंगापुरमा रहेका भाई स“ग सम्पर्कमा रहेको बताउदैं एनआरएनए केन्टकी अध्यक्ष पराजुलीले परिवारको सल्लाह वमोजिम यहा आफुहरुले सहयोगी भूमिका निभाउने बताए ।

प्रहरीले घटनावारे पूर्ण जानकारी नगराएको भएपनि बन्दुकधारीसग सोही दिन दिउसो घलेको समान्य वादविवाद समेत भएको बताइएको छ । सो स्टोर भारतीय मुलका ह्यारी सिंहले संचालन गर्दै आएका छन्, विश्वन्यूजले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *