२०८१ वैशाख ७ गते | 19th of April 2024

मधेशी एसोशिसन, क्यालिफोर्नियाको ‘होली पर्व’ मार्च १७, आर्टेसिया पार्कमा

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन १३ गते २३:२६

लस एन्जलस – हिन्दूहरुको रंगहरुको पर्व होली यसपाली पनि लस एन्जलसमा धुमधामका साथ मनाईने भएको छ । मधेसी एशोसियशन, क्यालिफोर्निया च्याप्टरको भव्य आयोजनामा आगामी मार्च महिनाको १७ तारिखका दिन स्थानिय आर्टेसिया पार्कमा मनाईंदैछ ।Image may contain: Dinesh Shah, eyeglasses and suit

आफ्नो च्याप्टर स्थापनाको प्रथम बर्ष लस एन्जलसमा गत बर्षदेखी फागु-पुर्णिमा पर्व मनाउन शुरु गरेको संस्थाले नेपाली धर्म, संस्क्रिती र उल्लासको रंग पर्वको निरन्तरता स्वरुप ‘होली पर्व’ मनाउन लागिएको संस्थाका अध्यक्ष दिनेश शाहले बताए । बर्षभरिको तनाव, जाडोले कठ्यांग्रिने मन र समर सिजनको शुरुवातसंगै रंग छरेर परदेशमा खुशी सांट्न उक्त कार्यक्रममा उपस्थिती भईदिन ग्रेटर लस एन्जलसवासीलाई अध्यक्ष शाहले अनुरोध गरेका छन ।

के हो होली ?
होली नेपाली तथा भारतीयअर्थात हिन्दूहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ । यो चाड वसन्त ऋतुमा फाल्गुन महीनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । 

सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

कार्यक्रमबारे जानकारी :
मिती : मार्च १७, २०१९, आईतवार
स्थान : आर्टेसिया पार्क
18750 Clarkdale Ave,
Artesiam CA 90701
समय : मध्यान्ह १२ बजेदेखी अपरान्ह ४ बजेसम्म
संपर्क : दिनेश शाह
फोन : 562 – 650 – 5267

Leave a Reply

Your email address will not be published. Required fields are marked *