२०८१ वैशाख १३ गते | 25th of April 2024

राष्ट्रपति विद्यादेवी भण्डारी मार्च १० तारिख अमेरिका आउंदै

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन २१ गते १८:२८

काठमान्डौं – राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो मार्च १० तारिख अमेरिका भ्रमणमा आउँने भएकी छिन् । उनी विश्व परिर्वतनमा महिला नेतृत्वको भूमिका विषयक कार्यक्रमलाई सम्वोधन गर्न अमेरिकाको न्युयोर्क आउँन लागेकी हुन्। कार्यक्रम राष्ट्रसंघको महिला सशक्तिकरणले आयोजना गर्न लागेको हो।

नेपालको परराष्ट्र मन्त्रालयले उनको भ्रमण कार्यक्रमको पुष्टि गरेको छ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति भण्डारीले मार्च १२ मा उक्त कार्यक्रमलाई सम्वोधन गर्ने बताए।उनले राष्ट्रपति भण्डारी १५ मार्चमा नेपाल फर्कने जानकारी पनि दिए। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी अलंकारिक राष्ट्रपति भए पनि विदेश भ्रमणलगायतका विषयमा उनको गहिरो रूचि रहदै आएको भनेर आलोचना हुने गरेको छ।

राष्ट्रपति भण्डारीका साथमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ महिला लक्ष्मी कार्कीलगायतको एउटा ठुलै समूह सहभागी हुने बताइएको छ। तर, परराष्ट्रमन्त्री ज्ञवालीले कतिजनाको समुह हो भनेर सोधेको प्रश्न भने तर्काए ।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी अलंकारिक राष्ट्रपति भए पनि विदेश भ्रमणलगायतका विषयमा उनको गहिरो रूचि रहदै आएको भनेर आलोचना हुने गरेको छ। उनको साताव्यापि यो अमेरिका भ्रमण पनि औचित्यपूर्ण नभएको भनेर आलोचना भएको छ। यसबाट राष्ट्रको करोडौ रकम खर्च हुने तर त्यसको उपयोगिता नहुने आलोचकहरूको मत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *