२०८१ वैशाख ७ गते | 19th of April 2024

कुलमान घिसिङ्ग लस एन्जलसमा, भोली अन्तर्कृया

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन २८ गते ३:४९

लस एन्जलस – जलस्रोतमा संसारकै दोस्रो धनी मुलुक नेपालमा चुहावट र भ्रष्टाचारले बेहेर्नुपरेको अन्धकारको लामो कालखन्डलाई लोडसेडीङ्ग समस्याको अन्त्य गरी ‘उज्यालो नेपाल’ बनाउन ब्यक्तिगत क्रान्ती थालेका राष्ट्रका हिरो कुलमान घिसिङ्ग अहिले अमेरिका भ्रमणमा छन । अमेरिकाका बिभिन्न राज्यमा बिकासको रफ्तार नियाल्दै हिंडेका घिसिङ्ग अहिले क्यालिफोर्निया राज्यको लस एन्जलस आईपुगेका छन ।

लस एन्जलसमा एनआरएन क्यालिफोर्निया च्याप्टर, नेपाल अमेरिका एकता समाज, मधेसी एशोसियसन क्यालिफोर्निया च्याप्टर र तामाङ सोसाईटी अफ लस एन्जलस, क्यालिफोर्नियाको च्याप्टरको संयुक्त आयोजनामा ‘बिकास नायक’ घिसिङ्गसंग भोली भेटघाट तथा अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ । आयोजक संस्थाहरुले लस एन्जलसका सामुदायिक संघ संस्था, प्रमुख एंव प्रतिनिधिहरु र सम्पुर्ण दाजुभाई तथा दिदिबहिनिहरु समक्ष उपस्थितिका लागि आमन्त्रण गरेको छ ।

कार्यक्रम जानकारी :
स्थानः :Nanking Indo-Chinese Restaurant
Address : 18349 Pioneer Blvd, Artesia CA
मिती : मार्च १२, २०१९ मंगलबार
समय : बेलुकी ९:०० बजे
आयोजक :
तामाङ सोसाईटी अफ लस एन्जलस क्यालिफोर्निया च्याप्टर,
मधेसी एशोसियसन क्यालिफोर्निया च्याप्टर,
एनआरएन एनसीसी अमेरिका क्यालिफोर्निया च्याप्टर र
नेपाल अमेरिका एकता समाज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *