२०८१ वैशाख १२ गते | 24th of April 2024

बाबुराम भट्टराई, आफैंमा एक गतिलो उपन्यास

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन २८ गते १५:२२

मणी भट्टराई

आज असमानता र विभेदको विरूद्दमा बन्द हड्ताल गर्न गाडीमा ईटा हान्नेको हातमा भोली नेताको जुत्ता सफा गर्ने ब्रस हुनसक्छ ।
परिवर्तन देख्न सक्नु पर्छ, भइरहेको छ । खालि हामीले सोचे अनुसारको परिणामको आधारमा परिवर्तनलाई हेर्न खोज्दा मात्र केही नभएको जस्तो देखिएको हो ।

तर झुक्किएर पनि भेडा नभन्नुहोस जनतालाई । जनता भेडा होइनन , भावुक चाहि हुन्छन् बेलाबेला । यीं कहिले कहीं कुरा बुझ्दैनन् । चाँडै आवेसमा आउने र चाँडै अरूको कुरा सुनेर पछि लाग्ने हुन्छन् । त्यसको फाइदा प्रचन्ड, बाबुराम, केपी ओलीदेखि लिएर सिके राहुत सम्मले लिइरहेका छन् । अझ मधेशबादी नेता भनेर पटक पटक मन्त्री पड्काउने तर मधेशमा कहिल्यै केही माखो नमार्नेहरूको त के कुरा गर्ने र ।

म त भन्छु यी नेताहरूले जनतालाई हतियार बनाएका होइनन्, अशिक्षालाई हतियार बनाएका हुन् । मान्छे आफैमा को असल को खराब ? कुरो ऊ भित्रको चेतनाको हो । ज्ञान र शिक्षाको हो । राणाहरूले किन स्कूल खोलेनन् भनेर त पढेको थिएँ । अहिले प्लस टु नगर्दै किन सरकार युवाहरूहो हातमा पासपोर्ट थमाउँछ ? सोच्नुभएको छ ? किन युविभर्सिटीहरू रित्तिने क्रममा छन् ? सबै रेमिट्यान्सको पछि दगुरेका छन् । परिवार टुक्रिने क्रम जारी छ । बाआमा विना हुर्किरहेका बालबालिकाहरूको अभिभावक सरकार हुन सकेको छ ?

धेर होइन अबको २५ बर्ष पछिको नेपाली समाज कता जान्छ त्यो अन्दाज कतिसँग होला ? अपराध अहिलेको जतिको मात्र होला ? एउटा मैन बत्तिमा कसैले चोकमा पसल चलाउन सक्ला ? अहिलेका बृद्दाश्रम विरूद्दका चर्का भाषण र कविताहरू त घाममा सुकाइदिए हुन्छ बेलैमा ।
मान्छे विलकूल कानुनको आँखा छल्न मात्र कोसिस गर्नेछ ! बाआमा, परिवार र समाजदेखि त कोही डराऊँदैन । डराऊँछ त केबल कानुन देखि । अब विचार गर्नुहोस् त्यो कानुन पनि नेता र पुलिसको खेलौना भइदियो भने के हुन्छ ? एउटा भयानक बिद्रोह अबस्य हुन्छ । अहिलेको युवाको विदेशमा दु:ख गरेर हुर्काएको छोरो/छोरी फेरी देशको नाममा शहीद हुन्छ जतिखेर अहिलेको युवा साठी प्रवेश गरिसकेको हुनेछ ।
के यत्ति हो जिन्दगी भन्नु ? यसर्थ विधिको शासनको निम्ति बेलैमा सबै लडौ । नत्र आजको चम्चागिरीको पाई पाई चुक्ता गर्ने दिन अबस्य आउनेछ । संसार हिसाबमा चल्छ । बेहिसाब विज्ञान त के अध्यात्म पनि छैन ।

सरकारका राम्रो काममा समर्थन र नराम्रो काममा रचनात्मक विरोध आवस्यक छ । नबुझेसम्म – उचालेका भरमा या यो मेरो पार्टिको काम भनेकै आधारमा समर्थन र अर्को पार्टी भनेकै आधारमा बिरोध गर्न छोड्नु पर्छ अब । कम्तिमा अब यतिको धर्म जनताले निर्वाह गर्नै पर्छ । जस्तो : पार्टीको लागि मर्न र मार्न खोज्नेहरूलाई पाठ सिक्नको निम्ति एउटा गतिलो उपन्यास हुनुहुन्छ – डा. बाबुराम भट्टराई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *