२०८१ वैशाख ८ गते | 20th of April 2024

एमालेको पकडमा पोखरा (कुन वडामा को अध्यक्ष ?)

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १३ गते ५:१९

प्रकाश ढकाल
पोखरा, १३ जेठ ।
नेकपा एमालेले यसपाली पोखरा लेखनाथ महानगरमा अपेक्षा गरेभन्दा बढी सफलता पायो । ‘१६ वटा वडा हाम्रो प्यानल नै जित्ने अनुमान थियो । त्यसबाहेक २–३ वडा थपिएला भन्ने सोचेका थियौं, एमाले नगर संयोजक तेजनारायण अधिकारीले भने–अपेक्षा गरेभन्दा राम्रो नतिजा आयो । हाम्रो संगठन बलियो सावित भयो ।’ पोखरामा एमालेले ३३ वडामध्ये २२ वडामा अध्यक्ष जितेको छ । काँग्रेले चाहीँ ११ वडामा चित्त बुझायो । अध्यक्ष जितेका चार वटा वडामा मिश्रित नतिजा आयो । एमालेले अध्यक्ष जितेका दुई वडामा अरु सदस्य काँग्रेसले जित्यो । २० वडामा एमालेको प्यानल नै बिजयी भएको हो भने काँग्रेसले ७ वडामा मात्रै प्यानल जित हात पा¥यो ।
शुक्रबार गणना सकिएका तीनवडामध्ये दुईवटामा एमालेको प्यानल बिजयी भयो भने एउटामा काँग्रेसले अध्यक्ष र एउटा खुला सदस्य तथा बाँकी सदस्य एमालेले जितेको छ । वडा नम्बर ३१ मा एमालेको प्यानल बिजयी भएको छ । वडाध्यक्षमा एमालेका कमल बहादुर थापा क्षेत्रीले काँग्रेस उम्मेदवार शरदराज सुवेदीलाई ५ सय मतान्तरले पराजीत गरे । थापाको १ हजार ७ सय ६१ मत आयो भने सुवेदीले १ हजार २ सय ६१ मत ल्याए । खुला सदस्यमा बिष्णुबहादुर भुजेल र पूर्णखर पाण्डे, महिला सदस्यमा सावित्री भण्डारी तथा दलित महिला सदस्यमा बिष्णु सुनार बिजयी भईन् ।
३२ नम्बर वडामा मिश्रित परिणाम आएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका अक्कल बहादुर कार्की बिजयी हुँदा एक खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्य एमालेको पोल्टामा प¥यो । कार्कीले एमाले उम्मेदवार खम बहादुर पुनलाई ८९ मतले मात्रै पराजीत गरे । कार्कीको १ हजार ७ सय ६९ मत आयो भने पुनले १ हजार ६ सय ८० मत ल्याए । खुला सदस्यमा काँग्रेसका धर्म बहादुर बस्नेत र एमालेका बिष्णु प्रसाद तिवारी बिजयी हुँदा महिला सदस्यमा एमालेकी बिष्णुमाया धमला तथा दलित महिला सदस्यमा पनि एमालेकै सुनमाया नेपाली बिजयी भएकी छिन् ।
३३ नम्बर वडामा एमालेको प्यानल बिजयी भयो । अध्यक्षमा एमालेका शिव प्रसाद आचार्यले काँग्रेस उम्मेदवार भोजराज आचार्यलाई ४ सय १२ मतान्तरले हराए । शिवको २ हजार ३ सय ७३ मत आउँदा भोजराजको १ हजार ९ सय ९१ मत आयो । खुला सदस्यमा दिपकराज लामिछाने, लिलबहादुर श्रेष्ठ, महिला सदस्यमा शान्तिदेवी आचार्य र दलित महिला सदस्यमा शोभा सार्की बिजयी भएकी छिन् ।

पोखराको कुन वडामा को अध्यक्ष

वडा अध्यक्षको नाम राजनीतिक दल कैफियत
शारदा पराजुली एमाले प्यानल
रामेश्वर मल्ल काँग्रेस प्यानल
रवीन्द्रबहादुर प्रजु काँग्रेस प्यानल
शंकरप्रसाद बास्तोला काँग्रेस प्यानल
धनबहादुर नेपाली एमाले प्यानल
जगत पहारी काँग्रेस मिश्रित
रामचन्द्र बराल एमाले प्यानल
रुद्रनाथ बराल एमाले मिश्रित
रामराज लामिछाने काँग्रेस प्यानल
१० राजकुमार गुरुङ काँग्रेस प्यानल
११ मोहन बास्तोला काँग्रेस मिश्रित
१२ रामबहादुर कार्की काँग्रेस मिश्रित
१३ लेखबहादुर तामाङ एमाले प्यानल
१४ प्रेमबहादुर कार्की एमाले प्यानल
१५ प्रकाश  पौडेल एमाले प्यानल
१६ जीवन  आचार्य एमाले प्यानल
१७ तीर्थराज अधिकारी एमाले प्यानल
१८ रणबहादुर थापा एमाले प्यानल
१९ शोभामोहन  पौडेल एमाले प्यानल
२० सीम गुरुङ एमाले प्यानल
२१ खगराज  आचार्य एमाले प्यानल
२२ मित्रलाल बराल एमाले मिश्रित
२३ बिष्णुप्रसाद पराजुली काँग्रेस प्यानल
२४ ओमप्रसाद सुवेदी एमाले प्यानल
२५ शोभाकर तिम्सीना एमाले प्यानल
२६ नारायण बराल एमाले प्यानल
२७ पूर्णकुमार गुरुङ काँग्रेस प्यानल
२८ निर्मल सुनार एमाले प्यानल
२९ चेतबहादुर गुरुङ एमाले प्यानल
३० श्रीराम पोख्रेल एमाले प्यानल
३१ कमलबहादुर थापा एमाले प्यानल
३२ अक्कलबहादुर कार्की काँग्रेस मिश्रित
३३ शिवप्रसाद  आचार्य एमाले प्यानल

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *