२०८१ वैशाख १२ गते | 24th of April 2024

अप्रिल १४ र २१, मे ५ र ११ नेजा- एनआरएन बहस कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत ९ गते ११:३१

क्यालिफोर्निया – नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिका, एनआरएनएको आसन्न निर्वाचनमा उम्मेद्वार बनेका आंकाक्षीहरुसंग सार्वजनिक वहस गर्ने कार्यक्रमको टुंगो लागेको छ । विगत बर्षहरुदेखी नै एनआरएनए अमेरिकाको नेतृत्वमा आंकाक्षी उम्मेद्वार, तिनका एजेन्डा र प्रवासी नेपाली समुदायमा ती एजेन्डाहरुले पार्ने फाईदाहरुका बारेमा नेजाले गर्दै आएको समुदाय केन्द्रीत वहसको निरन्तरतास्वरुप नेजा कार्यसमितिले यसपटक पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

सामुदायिक पत्रकारिता, अमेरिकामा सकृय संस्थाहरुसंगको सहकर्म र जनसरोकारका सवालहरुमा आपसी हातेमालो गर्ने नेजा निती अनुरुप अमेरिकी नेपाली समुदायको एउटा छाता संगठन एनआरएन अमेरिकाको निर्वाचन र यसले नेपाली समुदायलाई गर्ने सम्बोधन र पार्ने प्रभावका बारेमा वर्ष २०१९/२१ का लागि एनआरएन अमेरिकाको नेतृत्वमा आउन इच्छा जाहेर गरेका उम्मेद्वारहरुसंग सार्वजनिक वहस गर्ने निर्णय नेजाले गरेको हो ।

उत्तर अमेरिकामा सकृय नेपाली पत्रकारहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) कार्यसमितिको छैठौं वैठकले अमेरिकाको विभिन्न राज्यका ६ वटा शहरमा वहस संचालन गर्ने निर्णय गरेको थियो । अमेरिकाको वासिंङटन डि.सी. मा अप्रिल १४, क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा अप्रिल २०, क्यालिफोर्नियाकै लस एन्जलसमा अप्रिल २१, टेक्ससको डलासमा मे ४, इलिनोइसको शिकागोमा मे १२ र न्यूयोर्कमा मे १९ मा सार्वजनिक वहस आयोजना गरिने नेजाको तयारी रहेपनी समय, उम्मेद्वारहरुको चुनावी ब्यस्तता र लामो यात्राहरुको हतारो र चुनावी मितिको सम्भ्याब्यतालाई मध्यानजर गर्दै उम्मेद्वारहरुको आग्रहमा अमेरिकाका चार शहरमा मात्र यसपाली बहस कार्यक्रम संचालन गरिनेछ ।

जसानुसार आगामी अप्रिल १४ भर्जिनिया, अप्रिल २१ लस एन्जलस, मे ५ डालस र मे ११ न्यूयोर्कमा बहस कार्यक्रमको आयोजना गरिनेछ । एनआरएनए अमेरिकाका आंकाक्षी र मतदाताका बीचमा हुने सार्वजनिक वहस कार्यक्रमले एनआरएनए अमेरिका र नेजाविचको सम्बन्ध, समुदाय र मुद्दाहरुलाई सकारात्मक दिशामा अगाडि बढाउन सहयोगी भूमिका हुने अपेक्षा नेजाको छ । नेजाको छैंटौं वैठकले सार्वजनिक वहसलाई क्षेत्रगत रुपमा प्रभावकारी ढंगले सम्पन्न गर्न चारै क्षेत्रका क्षेत्रीय संयोजकलाई आवश्यक समन्वय गर्ने जिम्मेवारी समेत दिएको छ ।

एनआरएन अमेरिकाका मिडिया संयोजक बाल जोशीसंग समन्वय गरी ‘नेजा – एनआरएन अमेरिका सार्वजानिक बहस – २०१९’ लाई सफल र प्रभावकारी बनाउन नेजा लागिपरेको छ । बहस आयोजना गरिने स्थानिय ठेगाना यथासखक्य चांडो जानकारी गराईनेछ ।

कार्यक्रम जानकारी :
अप्रिल १४ आईतवार, भर्जिनिया – संयोजन क्षेत्रीय संयोजक लीला ओझा
अप्रिल २१ आईतवार, लस एन्जलस – संयोजन क्षेत्रीय संयोजक गोकुल ढकाल
मे ५ आईतवार, डालस – संयोजन क्षेत्रीय संयोजक रामचन्द्र भट्ट
मे ११ शनिवार, न्यूयोर्क – संयोजन क्षेत्रीय संयोजक कल्पना घिमिरे

गोकुल ढकाल
संयोजक
नेजा – एनआरएन बहस कार्यक्रम – २०१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *