२०८१ वैशाख १३ गते | 25th of April 2024

सरकार चुनाव नगराउने खेलमा–ओली

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १३ गते १३:३७

प्रकाश ढकाल
पोखरा, १३ जेठ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार नै दोश्रो चरणको चुनाव नगराउने खेलमा लागेको आरोप लगाएका छन् । उनले मधेश केन्द्रित दललाई उचालेर सरकार चुनावबाट भागिरहेको बताए । पोखरामा एमालेको बिजयउत्सवलाई सम्बोधन गर्दै उनले कुनैपनि बाहानामा चुनावको मिती नसार्न सरकारलाई आग्रह गरेका छन् । ‘एकै चरणमा गर्नुपर्ने चुनाव दुई चरणमा गरिदैं छ । पहिलो चरण सम्पन्न भैसक्दा पनि दोश्रो चुनावप्रति सरकार अलमल गरिरहेको छ, उनी भन्छन्–एमालेले जित्ने डरले सत्तासिन दल चुनावमा जान चाहिरहेका छैनन् । राजपालाई देखाएर चुनाव भड्काउने खेल भयो ।’ जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई कुनै बाहनामा पर सार्न नहुने उनको भनाई छ ।
ओलीले सहमतिय सरकार गठन गरी निर्वाचन सम्पन्न गर्दै संक्रमणकालिन अवस्थाको अन्त्य सुझाएका छन् । ‘दलहरु बीच छलफल गरौं । सहमतिको सरकार बनाऔं ।’ उनले भने–‘सहमतिको सरकारले निर्वाचन गर्दै संक्रमणकाल अन्त्य गरौं ।’ कात्तिकसम्ममा एमालेले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने ओलीले बताए । ‘हामी कार्तिकसम्म कुर्छौ । त्यसपछि एमालेको नेतृत्वमा स्पष्ट बहुमतको सरकार बन्छ’ उनले भने—‘त्यसको लागि दोस्रो चरणको चुनावलाई जेठ ३१ मै गर्नुपर्छ । पहिलो चरणमा झैं दोस्रो चरणको चुनावमा पनि एमालेलाई जनताको साथ मिल्छ ।’ उनले एमालेलाई सरकारमा जान हतार नभएको भन्दै चुनावी जनादेशलाई लिएर सरकारमा जाने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *