२०८१ वैशाख ७ गते | 19th of April 2024

अमेरिकामा नेपाली बाल-बालिकाबिच ‘लिटिल ट्यालेन्ट आइडल’ हुने

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत १४ गते १:०८

अमेरिका – नेपाली मुलका अमेरिकन बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि नेपाली अमेरिकन लिटिल ट्यालेन्ट आइडल हुने भएको छ। युनाइटेड नेप्लिज एसोसिएसनको चौथो सम्मेलनमा न्यूयोर्कमा यस्तो कार्यक्रम हुन लागेको हो। अमेरिकामा रहेका नेपाली र नेपालीमुलका अमेरिकन बालबालिकाको प्रतिभा प्रस्फुटन र क्षमता अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुमन बुढामगरले जानकारी दिए।

यूएनएचौथो सम्मेलन सांस्कृतिक समिति संयोजक तथा नेपाल अमेरिका कलाकार संघका अध्यक्ष बुढामगरले अमेरिकाका विभिन्न राज्यबाट प्रतिभा चयन गरी न्यूयोर्कमा अन्तिम कार्यक्रम गरिनेछ। मे महिनाको १५ तारिख देखि हुने यस्तो प्रतियोगिताका लागि ७ वर्षदेखि १६ वर्ष उमेर समूहका प्रतिभाहरु समावेश गराइनेछ। विभिन्न राज्यबाट चुनिएका प्रतिभामध्येबाट निर्णायक मण्डलले सामाजिक सञ्जालबाट प्राप्त भोटका आधारमा अन्तिम बिजेता तथ उपबिजेता घोषणा गर्नेछ।

विभिन्न राज्यमा रहेका प्रतिभा छान्नका लागि विभिन्न राज्यबाट शिलाआले, टेक लामा, डाक्टर चिरञ्जीवी भटराई, नवराज श्रेष्ठ, सुशिल विश्वकर्मा, मोहन थापा, बिमल डाँगी, पविता परियार, सुरेश वाग्ले, धनश्याम खड्का, मिनदर्लामी, भुवन राई, समिर बुढाथोकी, अनुपमा प्रसाई, देवराज कँडेल, लोक छन्त्याल, रविसिंह बस्नेत, रमेश पौडेल, गीता शाही, विक्रम घिमिरेलाई निर्णायक तोकिएको छ।

यस्तै राज्य सेमिफाइनल जजमा बिजय नकर्मी, धर्मबीर लामा र जगदिश समाल छन्, भने न्यूयोर्कमा हुने फाइन राउण्डका लागि निशा सुनार, बिमल डाँगी, रमेश सुनुवार, तिलकबम मल्ल र सपनाश्री निर्णायक छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *