1

ओलीको आरोपः सहमतिको बाधक कांग्रेस सरकारलाई चलाउने राजपा

840 पटक पढिएको

पोखरा, १४ जेठ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सहमतिको बाधक भएको आरोप लगाएका छन् । माओवादी केन्द्रप्रति नरम भएर प्रस्तुत भएका ओलीले अन्य दल सहमतिका लागि तयार भएको दाबी गर्दै भने,‘नेपाली कांग्रेस मात्रै हो सहमति हुन नदिने, मधेशीलाई उक्साउने, भड्काउने, अरु कोहीपनि होईन ।’
एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले सहमतीय सरकार चाहेपनि अन्य दल गम्भीर नबनेको आरोप लगाए । सहमतीय सरकार अहिलेको आवश्यता भएको भन्दै उनले त्यसका लागि एमालेलाई प्रधानमन्त्री नै चाहिन्छ भन्ने नभएको स्पष्ट पारे । उनले च्याँखे थाप्नलाई मात्र सहमतीय सरकारको कुरा नगरेको जिकिर गरे । तर आफूले सहमतीय सरकार भन्दा कांग्रेस झस्केको टिप्पणी गर्दै उनले भने, ‘मैले सहमतीय सरकार बनाउँ भनेर के भनेको थिएँ, कांग्रेसका नेताहरु झस्केछन् ।’
ओलीले जोसुकैको नेतृत्वको सरकार आएपनि चुनाव नगराई सुख नपाउने दाबी गरे । उनले भने, ‘निर्वाचन गराउनै पर्ने बाध्यता छ, निर्वाचन नगराएर सरकारमा बस्नै सक्दैन, मिल्दै मिल्दैन ।’ यदि त्यस्तो भईहाले एमालेले अर्को बाटो खोज्ने उनको चेतावनी थियो । तर, त्यो बाटो के हो भन्ने खुलाएनन् ।
अध्यक्ष ओलीले सरकार राष्ट्रिय जनता पार्टी ९राजपा० बाट नियन्त्रित र निर्देशित रहेको आरोप लगाएका छन् । प्रतिपक्ष एमाले भने अहिले सरकार जस्तो भएको दाबी गरे ।
प्रेस चौतारी कास्कीले आइतबार विहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रको वर्तमान गठबन्धन सरकार राजपाबाटै सञ्चालित भएको आरोप लगाए । सरकारलाई हात्ती र राजपालाई माउतेको संज्ञा दिँदै ओलीले भने, ‘हेर्दा हात्ती ठूलो हुन्छ तर, माउतेले हात्तीलाई नियन्त्रणमा राखेर काम गराउँछ । वर्तमान सरकार (हात्ती) र राजपा (माउते) जस्तै हो, यो राजपाबाटै नियन्त्रित र निर्देशित सरकार हो ।’
पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले राजपालाई देखाएर कांग्रेस–माओवादी केन्द्रले निर्वाचन टार्ने प्रयास गरिरहेको आरोप लगाए ।
सरकार र सरकारबादी दलहरुले जेठ ३१ गतेको निर्वाचन सार्ने र टार्ने काम गरिरहेको भन्दै उनले भने,‘राजपालाई भन्न लगाउने अनि कांग्रेस–माओवादीले गर्ने काम भइरहेको छ । सरकार र सरकारवादी दलहरुले सकेसम्म जेठ ३१ गतेको निर्वाचन नगर्ने र नगराउनेतिर लागिरहेको छ ।’

तपाईको प्रतिक्रिया

काठमाडौँ - नेपालमा शुक्रबार अहिले सम्मकै सबै भन्दा धेरै   कोरोनाका ७४० जना संक्रमित थपिएका.. ...

सुर्य लम्साल एक बालक सानो थियो - जसलाई कसैले दुर्व्यवहार गर्यो । उ हुर्कदै जादा देख्यो कि जसले.. ...

काठमाडौँ - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिबारको स्थायी समिति बैठक पार्टी फुटको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...