२०८१ वैशाख १२ गते | 24th of April 2024

अमृता सापकोटा गैरे, एनआरएनए क्यालिफोर्निया च्याप्टरमा महिला संयोजककी उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत २१ गते २१:०१

लस एन्जलस – एनआरएन अमेरिकाको निर्वाचन २०१९-२०२१ का लागि क्यालिफोर्निया च्याप्टरको महिला संयोजक पदमा लस एन्जलस निवासी अमृता  सापकोटा गैरेले आफ्नो उम्मेद्वारी घोषणा गरेकी छन । महिला नेत्रित्व बिकास, महिला पहिचान, एकपटकको नेपाली सधैंको नेपाली भन्ने नारा, अभियान र कर्ममा लागेर सामाजिक सेवा र उत्थानका लागि आफुले च्याप्टरको संयोजक पदमा उम्मेद्वारी दिएको बताउंछिन ।

एनडब्लूजीएन लस एन्जलस च्याप्टरको अध्यक्ष, स्थानिय सामाजिक संस्थाहरुमा काम गरेको अनुभव, भोलीका दिनका महिला हक हित, सामाजिक सेवा र महिला सकृयताका मुद्धामा सकृयताका साथ आफु लाग्ने प्रतिबद्धता सहित आफु महिला संयोजक पद्का लागि क्यालिफोर्निया च्याप्टरको तर्फबाट चुनाव लड्न लागेको सापकोटाले बताईन ।

गैरेको अपिल :

आदरणीय क्यालीफोर्नियाबासी आमाबुबा, दाजुभाई, दिदीबहिनीहरु, पत्रकारज्यूहरु एवम सामाजिक अभियान्ताज्यूहरु,
नमस्कार !

एनआरएन अमेरिकाको निकट भविश्यमा हुन गई रहेको निर्वाचनमा मैले क्यालिफोर्निया च्याप्टरको महिला संयोजक (Women’s Coordinator) को पदमा उम्मेद्वारी दिएको सहर्ष जानकारी गराउदछु । अमेरिकामा महिला नेत्रित्व विकास, महिलाहरूको सामाजिक पहिचान र एक पटकको नेपाली सधैंको नेपालीको अभियानको धारमा रहेर सामाजिक अभियानमा स्थानीय संघ संस्थाहरुसंग हातेमालो गर्दै नेपाल र नेपालीको पहिचान स्थापित गराउनका आफ्नो कर्तब्य निर्वहाँ गर्ने हेतुले एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरको महिला संयोजक पदमा निर्वाचन लड्ने निर्णय गरेको छु ।

एनडब्लूजीएन लस एन्जलस च्याप्टरको अध्यक्ष पदको अनुभबसंगै तपाईहरु समक्ष समाजिक अभियानमा महिलाको सकृय सहभागिता बिनाको एनआरएन कल्पना गर्न सकिन्न । यसर्थ; एनआरएनमा महिला सहभागीताको नारा सहित आफु सकृय भूमिका खेल्ने प्रतिबद्धताका साथ तपाईहरूको अमुल्य मतको अपेक्षा गर्दछु ।

धन्यवाद !
जय एनआरएन
अमृता सपकोटा गैरे
महिला संयोजक उम्मेद्वार
एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टर

Leave a Reply

Your email address will not be published. Required fields are marked *