२०८१ वैशाख १४ गते | 26th of April 2024

‘नेजा-एनआरएनए सार्वजानिक बहस – २०१९’ पहिलो कार्यक्रम भोली भर्जिनियामा

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत ३० गते २१:०६

भर्जिनिया – नेपाल अमेरिका पत्रकार संघ (नेजा) र आसन्न निर्वाचनमा होमिएको प्रवासी अमेरिकी नेपाली छाता संगठन एनआरएन अमेरिकासंगको सार्वजानिक बहस कार्यक्रम ‘नेजा-एनआरएन बहस-२०१९’ को पहिलो संस्करण भोली भर्जिनियामा सम्पन्न हुन गैरहेको छ ।

भोली १४ तारिख, आईतवार भर्जिनिया राज्यको मनसासमा आयोजना हुने बहसको सम्पूर्ण तयारी पुरा भएको जनाकारी नेपाल अमेरिका पत्रकार संघकी क्षेत्रीय संयोजक लीला ओझाले दिनुभएको छ ।

नेपाल अमेरिका पत्रकार संघका सल्लाहकारहरु योगेश उपाध्याय, गिरिश पोखरेल र गौतम दाहालहरुको सुझाव र सल्लाहमा क्षेत्रीय संयोजक लीला ओझाको संयोजन र नेजाका केन्द्रिय सदस्यद्वय निदेश अधिकारी र बाबुराम खरेलको सकृयतामा अप्रिल १४, आईतवार अवसर र स्वतन्त्रताको प्रजातान्त्रिक मुलुक – हाम्रो कर्मभुमी अमेरिकाको राजाधानी क्षेत्रमा ऐतिहासिक ‘नेजा-एनआरएन अमेरिका बहस – २०१९’ को पहिलो भाग सम्पन्न हुंदैछ ।

नेजाका पुर्व सभापती तथा वर्तमान सल्लाहकार गौतम दाहालको कार्यकाल्देखी शुरु भएको नेजा बहस कार्यक्रम निवर्तमान सभापती भोला अाचार्यको कार्यकालको निरन्तरता सहित नेजाका वर्तमान सभापती सुदिप पन्तको अथक प्रयास र सहयोग स्वरुप नेजाले बिगत बर्षहरुमा शुरु गरेको सार्वजानिक बहस कार्यक्रमको निरन्तरतालाई नेजाको वर्तमान कार्यसमितीको पूर्ण बैठकले अमेरिकाका बिभिन्न राज्यमा संचालन गर्ने अधिकारिक निर्णय गरेको थियो ।

एनआरएन अमेरिका निर्वाचनका अध्यक्षका प्रत्यासीहरु सुनिल साह, डा. अर्जुन बन्जाडे, सुर्य लम्साल, संजय थापा र कृष्ण पोखरेल बहस कार्यक्रममा भाग लिन भर्जिनिया जांदै हुनुहुन्छ । वरिष्ठ उपसभापती पदका प्रत्यासीहरु, महासचिव पदका प्रत्यासी पशुपती पाण्डे र गोपेन्द्र भट्टराई, उपाध्यक्ष पदका प्रत्यासीहरु कृष्णजिवी पन्त, महेश मल्ल लगायतका उम्मेद्वारहरु कार्यक्रममा सहभागी हुनुहुनेछ । बोर्ड अफ डाईरेक्टर पदका आकांक्षीहरु, डिसी मेट्रो क्षेत्रका च्याप्टरमा उम्मेदवार बन्नुभएका प्रत्यासीहरु भोलीको प्रथम ‘नेजा -एनआरएन अमेरिका बहस कार्यक्रम – २०१९’ मा भाग लिंदै हुनुहुन्छ ।

नेपाल अमेरिका पत्रकार संघ, केन्द्रिय समितिको अगुवाई महासचिव किरण मरहठ्ठाले गर्नुहुनेछ भने कार्यक्रम संयोजन नेजा क्षेत्रीय संयोजक लीला ओझाले गर्नुहुनेछ । केन्द्रिय कार्यसमितिका सदस्य निदेश अधिकारी र बाबुराम खरेलले केन्द्रिय समितिको संयोजनकारी भूमिका निर्वाह गर्नुहुनेछ ।

बहुप्रतिक्षित नेजा बहसको पहिलो कार्यक्रमको संचालन नेजाका महासचिव किरण मरहठ्ठाले गर्नुहुनेछ ।

नेजाले छापेन निमन्त्रणा – पत्र :

दरवारीया बैवाहिक पाराले नेजाले उम्मेद्वारहरुलाई सहभागीताको लागि रंगिन निमन्त्रणा पत्र र ई-मेल यसपाली छापेन । उत्तर अमेरिकाका नेपाली पत्रकारहरुको संगठन नेजामा आवद्ध कैंयौं संचार-घर मार्फत बारम्बारको संम्प्रेषण र जानकारी सुचनाको यो जमानामा नेजाले काफी ठान्यो । दशकौं अमेरिकामा सामुदायिक सेवाका लागि ब्यतित गर्नुभएका एनआरएन अमेरिकाका आदरणीय आकांक्षी उम्मेदवारहरुलाई नेजा र सहयोगी मिडिया हाउसको संप्रेषण मनग्य ठान्यो । कमजोर सुचना भए, हामी माफी चाहन्छौं ।

कार्यक्रमको प्रारुप, बोल्ने को को ?

एनआरएन अमेरिकाका सभापती पदका उम्मेद्वारहरुसंगको बहस पहिलो चरणको कार्यक्रम हुनेछ । त्यसपछी गोलाप्रथाद्दारा थुतिएको नामका उम्मेद्वारहरुले आफ्न धारणा राख्नेछन । तथापी, क्षेत्रीय संयोजकले कार्यक्रम र सहभागी उम्मेदवारहरु बोल्ने समयको नियम लगाउनुहुनेछ । यो भ्रम नपरोस कि, नेजाले यो बर्ष आयोजना गरेको बहस कार्यक्रममा सहभागी सबै उम्मेदवारहरुले आफ्नो मन्तब्य राख्नुहुनेछ। सबै नेजाको समान पाहुना हुनुहुनेछ । तर, नेजाको स्थानिय क्षेत्रले उम्मेदवारलाई तोकेको समयमा आफ्न मन्तब्य सक्काउनुपर्ने नियम चाँहीं कडारुपले लागु गरिनेछ ।

सबै आगन्तुकहरु हाम्रा पाहुना । नेजा सबैका  लागि बराबर ।
जय नेजा ।

कार्यक्रम जानकारी :
मिती : अप्रिल १४, २०१९, अाईतवार
स्थान : 8101 Seymour Rd, Manasas, VA 20109
समय : 5:30PM – 8:30 PM
संपर्क : लीला ओझा : (602) 774 – 6610
निदेश अधिकारी : (703) 945 – 8064
बाबुराम खरेल : (703) 909 – 6962

Leave a Reply

Your email address will not be published. Required fields are marked *