२०८१ वैशाख ८ गते | 20th of April 2024

आजिवन सदस्यता बिस्तारमा जुट्यो नेपाली समाज टेक्सास

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख ३ गते २२:४८

टेक्सास  – टेक्सास क्षेत्रमा लोकप्रिय नेपाली समाज टेक्सासले सदस्यता बिस्तारको अभियान चलाउने भएको छ । संस्थाको हालै बसेको बैठकले आजिवन सदस्य बिस्तारको अभियान चलाउने निर्णय गरेको हो । संस्थाका अध्यक्ष सुमन थापाको अध्यक्षतामा बसेको बैठकले सदस्यता बिस्तारका लागि महासचिव भक्त भण्डारीको संयोजकत्वमा सदस्यता बिस्तारको गर्ने निर्णय गरेको हो । बिभिन्न शहरमा सदस्यहरु बढाउने गरि बनाइएको समितिले काम शुरु गरिसकेको छ ।

महासचिव तथा सदस्यता बिस्तार समितिका संयोजक भण्डारीका अनुसार उनले शुरुमा निर्बतमान अध्यक्ष तथा समितिका सदस्यहरुसंग छलफल गर्ने र त्यसपछि टेक्सासमा सकृय नेपाली संस्थाका प्रतिनिधीहरुसंग छलफल गरेर सदस्यता बिस्तार गर्ने योजना लिएका छन् ।
ड्यालास क्षेत्रमा मात्र नभएर बिभिन्न शहरमा रहेका नेपाली माझ समाजका आजिवन सदस्यहरु बिस्तार गर्ने योजना अनुसार नै महासचिव भण्डारी सदस्यता बिस्तार समितिलाई निर्माण गर्न लागेको बताएका छन् ।

टेक्सास क्षेत्रको सबैभन्दा पुरानो र लोकप्रिय संस्थाको रुपमा कार्यरत नेपाली समाज टेक्सासले टेक्सास तथा वरपर रहेका नेपालीका साथै नेपालमा समेत बिपतका बेला सहयोग गर्दै आएको छ । समाजले केहि समय पहिलाको साधारण सभाबाट मताधिकारका लागि आजिवन सदस्यले मात्र पाउने निर्णय गरेपछि आजिवन सदस्यहरु बढ्न थालेको पाईन्छ । समाजको सदस्यता लिन अनलाईनबाटै सकिने छ । आफ्नै भवन निर्माणको योजना लगायतका महत्वपुर्ण योजना अगाडि सारेको नेपाली समाजमा पछिल्लो समय टेक्सासमा नेपालीको संख्या बढेसंगै आजिवन सदस्य पनि बढ्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *