२०८१ वैशाख ७ गते | 19th of April 2024

नयां वर्षमा बुद्धिसागरको “परेली’ बजारमा, टोरोन्टोका कार्यक्रम परेलीमय

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख ४ गते ११:०८

अन्ततः लामो समयको पर्खाइ पछि गायक बुद्धिसागर बस्यालको “परेलीे’ बोलको गजल सार्वजनिक गरिएको छ । नेपाली नयां वर्षको अवसरमा क्यानडाको टोरोन्टोमा आयोजित एक कार्यक्रममा उक्त गजल सार्वजनिक गरिएको हो । सार्वजनिक भएलगत्तै टोरोन्टामा भएका सवै कार्यक्रमहरु परेलीमय बनेका थिए । रमेश थापाको शव्द र महेश खड्काको संगीत रहेको उक्त गजलमा गायक बस्यालको आवाज रहेको छ ।

भिडियो लिंक :

वजारमा आउनुअघिनै जनमानसमा लोकप्रिय भइसकेको “परेलीे’ बोलको गजल नेपाली नयां वर्षका अवसरमा प्रधानमन्त्री जस्टिन टुर्डोको शुभकामना सन्देश संगै औपचारिक रुपमा सार्वजनिक गरिएको हो । नेपाल, आईसल्याण्ड तथा क्यानडाका विभिन्न पर्यटकीय स्थलमा छायांकन गरिएको म्युजिक भिडियोमा महेश खड्का र अन्जली अधिकारीको बेजोड अभियनय रहेको छ । उक्त भिडियोको निर्देशन शान थापाले गरेको हुन भने छायांकन अर्जुन तिवारीले गरेका हुन । नयां वर्षको अवसरमा क्यानडाका प्रधानमन्त्री टुर्डोसंगै अर्थमन्त्री विल मोर्नेउ, सिमा सुरक्षा तथा संगठित अपराध न्यूनिकरण मन्त्री विल व्लेयर लगायतले एनसिसिएस क्यानडा र सृजनशिल नेपाली समाज मार्फत नेपाली समुदायलाई शुभकामना दिएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *