२०८१ वैशाख ७ गते | 19th of April 2024

नेजा – एनआरएन अमेरिका बहस, दोस्रो संस्करण आईतवार लस एन्जलसमा

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख ४ गते १९:४९

लस एन्जलस – नेपाल अमेरिका पत्रकार संघ (नेजा) र आसन्न निर्वाचनमा होमिएको प्रवासी अमेरिकी नेपाली छाता संगठन एनआरएन अमेरिकासंगको सार्वजानिक बहस कार्यक्रम ‘नेजा-एनआरएन बहस-२०१९’ को दोस्रो कार्यक्रम संस्करण लस एन्जलसमा हुंदैछ । यही अप्रिल महिनाको २१ तारिख, आईतवार क्यालिफोर्निया राज्यको मायावी शहर लस एन्जलसमा आयोजना हुने नेजा-एनआरएन बहस कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।

उत्तर अमेरिकामा सकृय नेपाली पत्रकारहरुको साझा संगठन अमेरिका पत्रकार संघको समुदायसंग जोडीने एउटा प्रयासस्वरुप प्रवासी नेपालीहरुको छाता संगठन एनआरएन, यसको बहुप्रतिक्षित निर्वाचन, उम्मेद्वारहरुको योजना, नेजा र एनआरएन अमेरिकासंगको सम्बन्ध र अव कस्तो एनआरएनए भन्ने बिषयमा यी कार्यक्रमहरुमा बहस हुने क्रममा लस एन्जलसको कार्यक्रमले बिशेष महत्व राख्नेछ ।

एनआरएन अमेरिको निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी डा. अर्जुन बन्जाडेले आफ्नो समर्थन अध्यक्ष पदका अर्का प्रत्यासी सुनील साहलाई समर्थन गर्दै संगै मिलेर जाने सहमती सहित वरिष्ठ उपाध्यक्ष पदमा आकांक्षी भएको समाचार बाहिर आएपछी अब अध्यक्ष पदका तीन उम्मेद्वारहरु क्रमश: सुनील साह, सुर्य लम्साल र संजय थापाविच नेजाको बहस हुनेछ ।

नेजाका सभापति सुदिप पन्तको बसोवास क्षेत्र लस  एन्जलसमा श्रीपशुपतिनाथ बुद्ध मन्दिर, नर्वाकको सभा सामुदायिक हलमा नेजा-एनआरएनए बहस कार्यक्रम आयोजना हुनेछ । कार्यक्रम बेलुकी ठीक ६:३० देखी ९:३० बजेसम्म आयोजना हुनेछ ।

‘नेजा – एनआरएन बहस – २०१९’ लस एन्जलस लगायतका बांकी कार्यक्रमहरुको पनि संचालन नेजाका महासचिव किरण मरहठ्ठाले गर्नुहुनेछ । बहस कार्यक्रमका लागि महासचिव मरहट्ठा लस एन्जलस आउंदै हुनुहुन्छ ।

नेजा – एनआरएन बहस कार्यक्रम – २०१९ का अन्य स्थानहरु :

नेजा केन्द्रिय समितिको बैठकद्दारा निर्णित बहस कार्यक्रमको पहिलो संस्करण आगामी सप्ताहन्त अथवा अप्रिल १४ तारिख भर्जिनियामा भब्यताका साथ सम्पन्न भएको छ भने दोस्रो कार्यक्रम लस एन्जलसमा यसै हप्ताको आगामी आईतवार अप्रिल २१ तारिख सम्पन्न हुन गैरहेको छ । नेजाको आगामी साधारण सभास्थल डालसमा बहसको तेस्रो कार्यक्रम हुनेछ भने मे ११ मा बहसको अन्तिम कार्यक्रम न्यूयोर्कमा आयोजना हुनेछ ।

उम्मेद्वारहरु बहस कार्यक्रममा बोल्न पाउने कि नपाउने ?

कार्यक्रममा अध्यक्षका उम्मेद्वारहरुसंग मात्र बहस कार्यक्रम हुने भनिने समाचार गलत हो । अमेरिकाका बिभिन्न राज्यबाट नेजा-एनआरएन बहस कार्यक्रममा भाग लिन आउनेहुने-जानुहुने सम्पूर्ण उम्मेद्वारहरु साथै स्थानिय उम्मेद्वारहरुलाई पनि बकाईदा मन्च र माईक प्रदान गराईनेछ । तर समयको निश्चितता भने कडा रुपले लागु हुनेछ अथवा कार्यक्रममा उम्मेद्वारहरुलाई निश्चित समय प्रदान गरिनेछ तर बोल्न सबैले आफ्ना बिचार राख्नका लागि समय पाउनुहुनेछ । 

लस एन्जलस बहस कार्यक्रम जानकारी :
मिती : अप्रिल २१,  २०१९, आईतवार
स्थान :  10843 Kenney St, Norwalk, CA 90650
समय : 6:30PM – 9:30 PM
संपर्क :
सुदिप पन्त : 562 – 595 – 2768
गोकुल ढकाल : 626 – 927 – 7414
अग्नी चौलागाई : 702 – 978 – 1123
प्रतिमा बांस्कोटा : 646 – 250 – 3702

लस एन्जलस कार्यक्रमका लागि बिमानास्थल : LAX Int’l Airport

होटल बूकिङका लागि : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *