२०८१ वैशाख ६ गते | 18th of April 2024

नेजा – एनआरएन अमेरिका बहस – २०१९ को दोस्रो कार्यक्रम लस एन्जलसमा सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १३ गते २३:५३

लस एन्जलस – नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा नेजा-एनआरएन बहस – २०१९ को दोस्रो कार्यक्रम लस एन्जलसमा सम्पन्न भएको छ । क्यालिफोर्निया राज्यको मायावी शहर लस एन्जलसमा उत्तर अमेरिकामा सकृय नेपाली पत्रकारहरुको साझा संगठन अमेरिका पत्रकार संघको समुदायसंग जोडीने एउटा प्रयासस्वरुप प्रवासी नेपालीहरुको छाता संगठन एनआरएन, यसको बहुप्रतिक्षित निर्वाचन, उम्मेद्वारहरुको योजना, नेजा र एनआरएन अमेरिकासंगको सम्बन्ध र ‘अव कस्तो एनआरएनए ?’ भन्ने बिषयमा आयोजित कार्यक्रम सम्पन्न भएको छ ।

अमेरिकामा सामुदायिक पत्रकारिता गर्ने पत्रकारहरुको संस्था र नेपाल सरकारद्दारा मान्यताप्राप्त प्रवासी संगठन बिच आपसी भाईचारा स्थापित गर्ने उदेश्यले नेजा केन्द्रिय समितिको बैठकले निर्णय गरेको बहस कार्यक्रममा भाग लिन अमेरिकाका बिभिन्न राज्यबाट एनआरएन निर्वाचनका आकांक्षीहरु लस एन्जलस झरेका थिए ।

कार्यक्रममा भाग लिन एनआरएन अमेरिका निर्वाचन-२०१९ अध्यक्ष पदका प्रत्यासीहरु सुनील साह, सुर्य लम्साल र संजय थापा लस एन्जलस आईपुगेका थिए । साथै वरिष्ठ उपाध्यक्षका उम्मेदवार डा. अर्जुन बन्जाडे, ईन्दिरा त्रिपाठी र नारायण कंडेल, महासचिवका उम्मेदवार गोपेन्द्र भट्टराई र पशुपती पाण्डे, उपाध्यक्षका उम्मेदवार कृष्णजिवी पन्थ, बुद्धी सुवेदी, बिआर (बाबुराम) लामा, रामबाबु पाण्डे र सर्वज्ञ वाग्ले नेजा-एनआरएन बहस कार्यक्रममा भाग लिन लस एन्जलसमा उपस्थित थिए ।

एनआरएन आईसिसी सदस्य पदका उम्मेदवार स्वराज खाती, रामकुमार सुवेदी र बिन्दु सापकोटा बहस कार्यक्रममा उपस्थित थिए । कोशाध्यक्ष पदका उम्मेदवार बन्धु पोखरेल, महिला संयोजक पदकी उम्मेद्वार दिक्षा बस्नेत कार्यक्रममा आफ्न बिचार प्रस्तुत गर्न उपस्थित थिए ।

यसैगरी सदसय पदका उम्मेदवारहरु राजिवप्रसाद श्रेष्ठ, दुर्गाप्रसाद श्रेष्ठ, शशीचन्द्र अधिकारी, पूर्ण बानिया, रोशन अधिकारी, निपेन्द्र धिताल, केन्टकी च्याप्टरका अध्यक्ष डिलु पराजुली, एनआरएन क्यालिफोर्निया च्याप्टर महिला संयोजक पदकी उम्मेदवार अमृता गैर्हे सापकोटा, कोशाध्यक्ष पदका उम्मेदवार शमशेर भन्डारी र सदस्य पदका उम्मेदवार मदन कठायत पनि कार्यक्रममा उपस्थित थिए ।

नेजाका अध्यक्ष सुदिप पन्तको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा महावाणिज्यदुत ॠषि ढकालले शुभकामना मन्तब्य दिनुभएको थियो भने एनआरएन अमेरिका, निर्वाचन आयोगका सदस्य हेमराज भट्टले एनआरएन, निर्वाचन र विश्वासनियताबारे आफ्नो बिचार राख्नु भएको थियो ।

नेजाका महासचिव किरण मरहट्ठाले संचालन गर्नुभएको बहस कार्यक्रमको पहिलो चरणमा अध्यक्ष पदका प्रत्यासीहरु सुनील साह, सुर्य लम्साल र संजय थापाबिचको बहसबाट शुरु गरिएको थियो । अध्यक्ष पदका प्रत्यासीहरुले निर्वाचनमा आफु जित्नुपर्ने कारणहरु प्रस्तुत गरेलगत्तै उपस्थित जनमानसबाट सोधिएका सदस्यता अभियानताक रोकिएको सर्भर समस्या, दोहोरो नागरिकताको बिषय, स्वच्छ र तन्दुरुस्त एनआरएन, एनआरएनमा हावी भएको भनिएको राजनिती, हार्ने ब्यक्ती संस्थाको नाममा अदालतमा मुद्धा दाँयार गर्न जाने नजिर लगायत बिभिन्न बिषयमा उठेका प्रश्नहरुका जवाफ दिनुभएको थियो ।

कार्यक्रमको समाचार प्रत्यक्ष प्रसारणका लागि हिमालयखवर, दुरबिन नेपाल, खुल्लामन्च र हिमालीपोस्टले सहयोग गरेका थिए । नेजा सदस्य अग्नी चौलागाईंले उम्मेदवारहरु बोलेको समयको अवधी जानकार गराउनुभएको थियो ।  

श्रीपशुपतीनाथ फाउन्डेशनको सभा हलमा आयोजित कार्यक्रमको अन्तमा नेजा पश्चिम क्षेत्रीय संयोजक तथा ‘ नेजा – एनआरएन बहस – २०१९’ का संयोजक गोकुल ढकालले धन्यवाद मन्तब्य दिएका थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *