२०८१ वैशाख १४ गते | 26th of April 2024

महाबाणिज्यदुत ढकाललाई सम्मान गरिदैं

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १५ गते १८:०४

उपेन्द्र सापकोटा/गोकुल ढकाल, लस एन्जलस, अमेरिका ।  नेपाल सरकारद्दारा वाणिज्यदुतबाट भर्खरै महाबाणिज्यदुतमा बढुवा भएका ॠषि ढकाललाई लस एन्जलसमा आगामी बुधबार ३१ मे, २०१७ का दिन एनआरएन, अमेरिका, क्यालिफोर्निया च्याप्टरको संयोजन तथा सबै साउदर्न क्यालिफोर्नियामा सकृय सम्पूर्ण स्थानीय संघ-संस्थाहरुको सहभागितामा सम्मान कार्यक्रम आयोजना हुने जनाईएको छ ।

स्थानिय तारा हिमालयन कुजिन, आर्टेसियामा साँझको ८ बजे हुन लागेको यस कार्यक्रममा स्थानीय समुदायलाई उपस्थित भईदिनका लागि एनआरएन, अमेरिका क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष एवम कार्यक्रम संयोजक रामबाबु पाण्डेले अनुरोध गर्नुभएको छ ।

क्यालीफोर्निया राज्यको सान डिएगो शहरको लागि वाणिज्यदूतको रुपमा चार बर्षअघि नियुक्त हुनुभएका ढकाललाई नेपाल सरकार मन्त्री परिषदको निर्णयले गत हप्ता आगामी चार बर्षको लागि महावाणिज्यदुतमा पदोन्नती गरेको थियो ।

प्रथमपटक लस एन्जलसका पत्रकारहरु सम्मानित हुंदै :

भन्नैपर्छ, अपवाद बाहेक सामाजिक अभियान्ताहरुको मुखराबिन्दुबाट र सामाजिक संस्थाहरुको माईकबाट कमै मात्र निस्कने ‘सामाजिक पत्रकारितामा सकृयहरुको नाम’ चलनलाई चिर्दै ग्रेटर साउदर्न क्यालिफोर्नियामा सकृय सामाजिक संस्थाहरुले संयुक्त रुपमा साउदर्न क्यालिफोर्नियाको ईतिहासमा प्रथमचोटी सामुहिक सम्मान गर्न लागेको कुरा एनआरएन, अमेरिका, क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष तथा च्याप्टरकै आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेद्वार रामबाबु पाण्डेले जनाउनुभएको छ ।

Image result for journalism

सामाजिक सेवामा कलमको निप मार्फत सेवाको मसी पोत्दै सकृयता ‘बढाई रहंदै – बधाई नखोजी’ लागेका पत्रकारहरुलाई सम्मान गर्न लागिएको उपाध्यक्ष पाण्डेले बताउनुभएको छ । महावाणिज्यदुत ॠषि ढकाललाई सम्मान गर्न राखिएको कार्यक्रममा पत्रकारहरुलाई पनि सम्मानित गरेर सामाजिक अभियानमा कलमहरुको साथलाई संगै लिएर जाने अभिप्राय राखिएको पाण्डेले बताउनुभयो ।
‘राज्यले चौंथो अंगको रुपमा सम्मानित पत्रकारितालाई प्रवासमा रहेर, त्यसमाथी ग्रेटर लस एन्जलसका सामाजिक अभियानहरुलाई कलमका माध्यमले जागरण सिर्जना गराउने लस एन्जलसमा सकृय सम्पूर्ण पत्रकारहरुलाई बिना भेदभाव सम्मान गराएर सामाजिक एकताको संचार गर्ने एउटा नजिर बसाउने प्रचलनको थालनीमा छौं’ पाण्डेले थप्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *