२०८१ वैशाख १५ गते | 27th of April 2024

एनआरएनए अमेरिकामा अमृत बनेर निस्कदैछन : वरिश्ठ उपाध्यक्ष पदका उम्मेदवार अमृत सापकोटा

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १५ गते ०:०५

टेक्सास – नेपाल अमेरिका पत्रकार संघ (नेजा)को ऐतिहासिक १३औं साधारण सभा आगामी सप्ताहन्तमा डलासमा हुंदैछ । उत्तर अमेरिकामा सकृय पत्रकारहरुको साझा संगठन नेजाको यो साधारण सभा अहिलेसम्मको सबैभन्दा भब्य हुंदैछ । भब्य यस अर्थमा पनि हुंदैछ कि, नेपाल सरकारद्दारा मान्यताप्राप्त प्रवासी नेपालीहरुको साझा संगठन एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा पत्रकारहरुकै साझा संस्था नेजाले चलाएको ‘नेजा-एनआरएनए अमेरिका बहस – २०१९’ को तेस्रो संस्करण डालसमा नै सम्पन्न हुन गईरहेको छ ।

अग्रज पत्रकारहरु, नेजाका सदस्यहरु, समर्थकहरु, एनआरएनए अमेरिकाका पदीय आकांक्षीहरु, सबैभन्दा धेरै नेपालीहरुको बसोबास रहेको डालस र त्यस वरपरका नेपाली समुदायका सदस्यहरुको बिशाल जनसागर डालसमा उर्लिदैं छ । ऐतिहासिक नेजा १३औं साधारण सभा, एनआरएनएको निर्वाचनको सरगर्मी, र अमेरिकाका सबै राज्यबाट केन्द्र पर्ने डालसमा हुने नेजा – एनआरएनए अमेरिका बहस – २०१९ को तेस्रो भाग ऐतिहासिक हुनेछ । यसभन्दा अगाडीको दुई बहस छुटाएका उम्मेदवारहरु डालसमा देखा पर्नेछन ।

नेजाका महासचिव किरण मरहठ्ठाज्यूले बहस कार्यक्रम मोडरेटिङ गर्दै गर्दा एनआरएनएका अध्यक्षका प्रत्यासीहरुको पहिलो चरणको बहसपछी एउटा नाम घोषणा गर्नुहुनेछ । चर्चा चुलिएको, टीममा फुलिएको, हाईकमान्डमा घुलिएको तर एनआरएन यात्रामा निरन्तर डुलिएको एउटा नाम बोलावट हुनेछ, ‘ यो मन्चमा आफ्ना औपचारिक उम्मेदवारी र दुई शब्द ब्यक्त गर्न आउंदैहुनुहुन्छ, तपाईं हाम्रा चिर परिचित उनै अमृत सापकोटा ।’

नेपाल आईडलको ग्रान्ड फिनालेका अब्बल प्रतिस्पर्धी जसरी हंसिला, गहुंगोरा, भद्र र सालीन एउटा पात्र माइक समाउन मन्चमा उक्लनेछ र एनआरएनए अमेरिकामा आफ्नो उप्पस्थितीबारे दुई दुई चोटी कांग्रेसी गढ नुवाकोटमा नेबिसंघको सभापती भएको ऐतिहासिक अनुभवका एक लाईन, नुवाकोटदेखी काठमान्डौंसम्मका संघर्शका दुई लाईन, काठमान्डौंदेखी अमेरिकासम्मको सपनाको तीन लाइन, डालासमा भोगेको कस्टकर जीवनको कहानी चार लाईन, स्थानिय समुदाय, नेपाली जनसम्पर्क समिती – अमेरिकाहरुमा संलग्न हुंदाका फेहरिस्तका पांच लाईन, एनअारएनए अमेरिकामा पाएको चर्चाका छ लाइन र वरिश्ठ उपाध्यक्ष पदमा चुनाव लड्नुका कारणहरुका लक्की सेवेन – सात लाईन सुनाएर जय नेपाल ठोकेर अभिवादन गर्नेछ । एउटा चर्चित अनुहार – अमृत सापकोटा ।Image may contain: Amrit Sapkota, smiling, text

उम्मेदवारी घोषणा, उम्मेदवारी दर्ता र औपचारिक घोषणाको पहिलो अमृतवाणी प्रस्तुत गर्न आउंदैछन, अमृत बनेर – अमृत सापकोटा । यसअघिका बहसमा चाहेर पनि उपस्थित नभएका यी हार्डलाईनर तर नरमवादी एनआरएनएका उम्मेदवार सबैभन्दा आकर्षक पात्र हुनेछन, आगामी सप्ताहन्त डालसमा सम्पन्न हुने नेजा – एनआरएनए अमेरिका बहसमा, अमृत बनेर….

क्रमश…..!

Leave a Reply

Your email address will not be published. Required fields are marked *