२०८१ वैशाख १३ गते | 25th of April 2024

एनआरएनए टेक्सासको सचिव पदमा सन्देश उप्रेतीको उम्मेदवारी

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १५ गते १:०१

टेक्सास – एनआरएनए अमेरिका, टेक्सास च्याप्टर सचिव पदमा युवा ब्यवसायी सन्देश उप्रेतीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन । डालसका युवा रियल्टर, नेपाली जनसम्पर्क समिती अमेरिका महधिवेशनका पुर्व प्रतिनिधी, तरुण दल अमेरिकाका पुर्व केन्द्रिय सदस्य उप्रेतीले डालसका सामाजिक अभियान्ताहरुको बलमा सचिव पदमा उम्मेदवारी दिएको बताएका छन ।

राजनैतीक भगवन्डामा परेको एनआरएनए डालसको निर्वाचनमा दुई ठुला पार्टी समर्थकहरुका समुहभन्दा बाहिर गएर समाजवादको हिमायाती र वैयक्तिक स्वतन्त्रताको पक्षमा उप्रेतीले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन । समाजसेवामा निरन्तरको खटाईलाई राजनैतीक कैंचीको धारिलो कटाईमा परेका उप्रेती बिपीवाद सम्झेर एनआरएनए अभियानमा निरन्तर होमिएको बताउंछन ।

जनसम्पर्क समितीका डालसका नेताहरुको समर्थन प्राप्त गरेका उप्रेतीले एकता र सद्भावका लागि आफुलाई मत दिन आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *