२०८१ वैशाख १४ गते | 26th of April 2024

भर्जिनियामा नेपाल अमेरिका सहयोगी समाजको नयाँ कार्यसमिती

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १५ गते १६:२८

 भर्जिनिया – भर्जिनियाको मनाससमा २००८ देखि सक्रिय रहेको संस्था “अमेरिका नेपाली सहयोगी समाज” को साधारण सभाले नँया कार्यसमिति चयन गरेको छ । कमला खरेल अध्यक्ष रहनुभएको उक्त संस्थाले केदारप्रसाद तिम्सिनालाई अध्यक्षमा निर्बिरोध निर्बाचित गराएको छ । सस्थाका निर्वाचन आयुक्त रहेका कमल भट्टराईले तिम्सिनालाई सपथ ग्रहण गराएका थिए ।

यसैगरि निर्बिरोध निर्वाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्ष जानुकी ओझा , उपाध्यक्ष रमेश ढकाल , महासचिब हरिराम भण्डारी , कोषाध्यक्ष राम भक्त अधिकारी, सचिब आरती सिग्देल रहेका छन् । सदस्यहरु संगीता लामा, मन्जु थापा, लक्ष्मी रेग्मी, मौसम श्रेष्ठ, यज्ञ चापागाई, क्षितिज न्यौपाने, बिष्णु केसी र कमला अधिकारी निर्बिरोध निर्बाचित भएका थिए । भर्जिनियाको मनाससमा दुई बर्ष पहिले भएको नेपाल अमेरिका पत्रकार संघको साधारण सभामा आएका सम्पुर्ण पत्रकार तथा पाहुनाहरुलाई खानाको ब्यबस्था यहि सस्थाले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *