२०८१ वैशाख ७ गते | 19th of April 2024

निधारमा ईज्ज्तको तिलक लागाउने एनआरएन बनाउनुछ – बोर्ड सदस्य उम्मेदवार केसी

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १७ गते ०:३२

मिलवाकी – सम्रिद्धिको सपना बोकेरै एउटा बालकको प्युठानमा जन्म हुन्छ । बालककाल प्युठानबाट घिस्रिदै-घिस्रिदैं पोखरामा बित्दछ । जीवन, भोगाई र सपना अझ सजाउंदै आफु अब्बल बन्न त्यो पहाडे ठिटो पृथ्वीनारायण क्याम्पसमा आईएससी पढ्न छिर्दछ । त्यो भन्दा अझ ठुलो दुनियाँ रहेको राजाधानी काठमान्डौको अमृत साईन्स क्याम्पसमा बिएससी पढन झोलाभरी आकांक्षा र भविश्यका रेखा कोर्दै ठिटो ‘नेपाल’ छिर्दछ । त्रिभुवन विश्वबिद्धालयबाट एमएस्सी सकेर उपप्राध्यापक बनेको त्यो शिक्षित नाम हो – तिलक केसी ।

त्रिभुवन विश्वबिद्धालयको तथ्यांक बिभागका उप-प्राध्यापक पछी पिएन क्याम्पस हुंदै जनप्रिय क्याम्पसको ढोकासम्म पुगे । सात कक्षादेखी राजनैतीक चेतनाका लागि अग्रसर भएका केसी त्रि बि, किर्तिपुरमा स्वतन्त्र बिद्धार्थी युनियनका सचिव भएर बिद्धार्थी आन्दोलन, युवा शक्तिको आवाज र राजनैतीक प्रभावको जानकार बने । बिद्धार्थी राजनिती गर्दाका बखत पटक पटक जेल नेल भोगेका उनले सामाजिक सकृयतालाई जिवनको अर्को पाटो सम्झदैं धकेल्दै लगे ।Image may contain: 1 person, smiling

Business Mathmatics, Business Arthmatics जस्ता वाणिज्य क्षेत्रका पुस्तकका लेखक केसीका केही पुस्तकहरुका सम्पादन सहित बिभिन्न क्षेत्रमा लेखिएका थुप्रै फुटकर साहित्य र सिर्जनाका आलेखहरु प्रकाशित छन । मानव अधिकार र नागरिक सरोकारका बिषयमा आफ्नो जीवनका सुन्दर क्षणहरु ब्यतित गरेका केसीले सहकारी, महिला उत्थान र गैर सरकारी संस्थाहरुमा सकृयताका साथ हातेमालोका आफ्ना हातहरु फैलाउंदै लगे ।

त्रिभुवन बिश्वबिद्धालयका अस्थायी तथा करार प्राध्यापकहरुको हक र सेवा सुनिश्चितताका लागि अस्थायी तथा करार प्राध्यापक संघको संस्थापक बने, केसी । आशिकं प्राध्यापक आन्दोलनका संस्थापक समेत रहेका उनले देशको विषम परिस्थितीबात अवाक भएर Concordia University मा उच्च शिक्षाका लागि अर्को सपना बोकेर अमेरिका हानिए । २००२ मा अमेरिका छिरेको त्यो सपना शिक्षा आर्जनताका साथमा २००६ मा आएर केसीको जीवनमा ब्यवसायको भुत चढ्यो । मिलावाकी राज्यको विस्किन्सनमा ब्यवसाय शुरुवात पहिलो नेपाली केसीले २०१० मा आफ्नै घरमा नेपाली स्कुलको शुरुवात गरे । स्थानिय स्वयंसेवकहरुको सहयोग बलमा संचालन गरिएको नेपालएे स्कुलको संस्थापक अध्यक्ष भएर अमेरिकामा सामुदायिक हितका खातिर पाईला चालेका केसी २०१२ मा ‘मिलावाकी नेपाली परिवार’ को संस्थापक अध्यक्ष बने । हाल उक्त संस्थाको वरिष्ठ सल्लाहकारको रुपमा केसीको सामाजिक मियो उभिईरहेको छ ।  

Blood Donars Association of America का पुर्व संयोजक, Co-Chair – NRNA NCC USA – Promote Nepali Entrepreneurship (2017-2019), अमेरिकामा सबैभन्दा पुरानो मध्य एक नेपाली सामुदायिक संस्था (आन्मा) का Senior Vice President – Association of Nepalese in mid-west America(ANMA) – (2018-2020), निरन्तर एनआरएनए अमेरिकाको अभियान लगायत थुप्रै सामुदायिक संस्थाहरुमा काम गरिरहेका केसीले जोश , जगत र जमानीलाई जिवनको सत्यमार्ग र सत्कर्मा सम्झेर अगाडी बढीरहेका छन ।  Image may contain: 1 person, text

प्युठानदेखी पोखरासम्म, पोखरादेखी अमेरिकासम्म र अमेरिकामा समुदायसंग जीवनका धेरै कुराहरु संस्थापक बनेका तिलक केसी हाल आसन्न एनआरएनए अमेरिकाको निर्वाचनका लागि बोर्ड सदस्यका उम्मेद्वारका रुपमा प्रस्तुत छन । जीवनका बिभिन्न उतार-चढावहरुको ब्यबस्थापनले सामुदायिक हितका संस्थापक बनेका केसी नयाँ पुस्तालाई नेपाली सिप, समाजिक दायित्व र संस्क्रिती हस्तान्तरण, वर्तमानमा अडेर भबिश्यको रुपरेखा कोर्ने मुल प्रवाहकको शुरुवाती र जन्मभुमिका लागि सहयोग – यी तीन मुल मुद्दा लिएर केसी एनअारएनए अमेरिकाको निर्वाचनका क्रममा बिभिन्न राज्य दौडानमा सम्भावना र संकल्पको उडान भरिरहेका छन ।

लक्ष्मीजस्ती धर्मपत्नी सुनिता केसी, रामजस्ता छोरा अतिश र सरस्वतीजस्ती छोरी अन्तिमा सहितको सुखद परिवारका जनकजस्ता संरक्षक तिलक केसी अमेरिकामा मात्र होईन जन्मभुमीमा हिमालय तेल उद्धोग लगायत अमेरिकामा रियल स्टेट, ग्यांस स्टेशन, स्टोरहरुका कुबेर बनेका छन । कुबेर मात्र होईन, संघर्शले उक्साएको उनको सफल प्राज्ञिक एवब ब्यबसायिक पाटोले जन्मभुमीका हरेक दु:खहरुमा मल्हम लगाउने काम गरेको छ । महाभुकम्पको बिपतमा हजारौं सहयोग गएका केसी दोलखाका दुई बिद्धालयलाई सहयोग गरेका छन ।Image may contain: 1 person, text

एनआरएनए अमेरिकामा रहरले उम्मेदवार बन्ने धेरै पात्र छन भने केही गर्ने सामर्थ्य बोकेका उम्मेदवार केही मात्र छन । त्यही सामर्थ्य, लगाव र निरन्तरताका लागि नेपाली सामुदायिक दायराको मुल जग्गा एनआरएनमा चाहिनैपर्ने एक पात्र हुन, तिलक केसी । संघर्श, शिक्षा र सफलाताको त्रिवेणीले खारिएका केसी एक प्रखर बक्ता हुन । बिषयमा धाराप्रवाह तर्क पोख्न सक्ने खारिएका केसी खरो, प्रष्ट र मिजासिला नेपाली नमुना हुन ।

२००६ मा छोराको भोकमा म्याकडोनाल्डको बर्गर किन्न नसक्दा श्रीमान-श्रीमती दु:खको अगांलोमा अभावको अांशु झरेको पल सम्झन्छन । भन्छ, ‘ सजिलो छैन, अमेरिका । सजिलो छैन समाजसेवा ।’ थप्छन, ‘सहज बनाएको छु अवस्था । सामर्थ्य छ र सम्भावनामा विश्वाश गर्दछु । छोराको भोकले ब्यवसायमा उन्मुख गराएको मेरो जिन्दगीको घरका खोपामा उच्च शिक्षाका कैयौं प्रमाण-पत्रहरुका खात थन्किएका छन । तर म समाजसेवा अनि केवल समाजसेवा भनेर एकोहोरो रन्किएको छु । कुनै बेलाको अभावले अहिले कसैको भोक मेटाउन सहयोगको हात फैलाउन सक्ने भगवानको आशिर्वाद प्राप्त गरेको छु ।’ केसी भन्छन, ‘ हामीले कैयौं छोराहरुको भोक मेटाउन काम गर्नुछ । त्यसैले एनआरएनको अभियानमा सामेल छु, शुरुवातदेखी । सफलता वा असफलता जे मिलोस, मेरो गन्तब्य सामुदायिक सेवा र केवल समाजसेवा हो र हुनेछ ।’Image may contain: 4 people, people smiling, people standing

Leave a Reply

Your email address will not be published. Required fields are marked *