२०८१ वैशाख ८ गते | 20th of April 2024

लस एन्जलसमा बन्दूक हिंसा बिरुद्धको जनचेतनामुलक भिडियो रिलिज

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १७ गते १:००

लस एन्जलस – हाल अमेरिकामा ठूलो समस्याको रुपमा बढिरहेको ‘बन्दूक हिंसाको बिरुद्ध जनचेतना’ दिने भिडियोको रिलीज़ गरिएको छ । क्यालिफोर्निया लसएन्जल्समा नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा एनआरएन डिवेट कार्यक्रम संगै अमेरिकामा भैरहेको बन्दुक हिंसाका घटिरहने घटनाहरुको बारेमा आधारित यस भिडियो एस राज प्रोडक्टसनकै यूट्यूबबाट सार्वजनिक गरिएको छ ।

मुख्य कलाकारहरुहरुमा लसएन्जलस नेपाली समुदायका बहु प्रतिभाका धनी सुरज श्रेष्ठ र न्युयोर्क फिल्म एकेडेमीमा अध्यनरत ब्राजिलिन मूलकी पुरस्कार बिजेता कलाकार रिब्बेका मोमोको मुख्य अभिनय रहेको छ । जसमा एस राज प्रोडक्शनका एस.राज (शंकरराज वाग्ले)को निर्देशन तथा छायांकन रहेको छ ।

उनले यसअघि नेपाली चर्चित धारावाहिक मेरी बास्सैमा निकै रुचाईएको भुमिका राईफलेका रुपमा प्रस्तुत भएका थिए र नेपालमा पनि हत्या हिंसा विरुध्द जनचेतनामुलक भिडियोहरु बनाउदै तथा अभिनय गर्दै हाल अमेरिकामा समेत बिभिन्न किसिमका हिसां, हत्या र सामाजिक विकृतिसंग सम्बन्धित जनचेतनामुलक भिडियोहरु बनाईरहेका छन् ।

साथै बोधी एच डी र वरिष्ठ चलचित्र निर्देशक नारायण पुरीको पनि सहकार्यता रहेको छ । उक्त भिडियोमा कलाकारहरु कुसुम थापा, श्याम सेढाई, एनआरएन एनसिसी अमेरिकाकी महिला संयोजक एवं सामाजिक अभियन्ता इन्दिरा त्रिपाठी, संचारकर्मी डोल्मा लामाको भूमिका रहेको छ । अन्य कलाकारहरुमा चक्रपाणि मिश्र, पण्डित चुडामणी गौतमको पनि महत्वपूर्ण भुमिका रहेको छ ।

उक्त भिडियोमा एस .राज प्रोडक्शनका टोलीले आफ्नै निर्देशन र छायांकनमा अमेरिकामै पहिलोपल्ट यो जल्दो बल्दो समसामयिक विषयबस्तु पर्दामा उतार्न सफल भएका छन् । यो विषयवस्तु अत्यन्तै महत्वपूर्ण रहेको छ र ‘यो जिवनको के भर छ र’ भन्ने सान्दर्भिक गीतमा ‘बन्दुक हिंसा बिरुद्ध जनचेतना’ फैलाउने कथाबस्तुको अवधारणा भने सामाजिक अभियन्ता एवं संचारकर्मी डोल्मा लामाले ल्याएकी हुन् ।

सम्पादन हलिउडका तानो जोर्कीले गरेका छन् । जीवनसंग सम्बन्धित ‘यो जिवनको के भर छ र’ भन्ने गीत चर्चित गायिका सोफीया थापाले गाएकी हुन् भने संगित संगीतकार हरि लम्सालको र रचना गीतकार अनमोल मणिको रहेको छ ।

यो भिडियोमा हामी कोही कसैको जीवनको केहि भर छैन,कुन शब्द र कुन दृश्य अन्तिम हुन्छ,हामीलाई थाहा छैन भन्ने भाव प्रस्ट्याउन खोजीएको छ र यस्ता खाले घटनालाई अमेरिकामा जल्दो बल्दो विषयमा लिईन्छ साथै अमेरिका स्थित सबै समुदायहरुले यस भिडियोलाई सन्देशमुलक ठानेका छन्।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *