२०८१ वैशाख ७ गते | 19th of April 2024

एनआरएनए अमेरिकाका युवा संयोजक स्वराज खातीको भिजन सहित आइसीसी सदस्यमा उम्मेदवारी

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १८ गते १०:३२

लस एन्जलस – एनआरएन आईसिसी सदस्य पदमा सरल र मिजासिला स्वराज खातीले आगामी २०१९-२१ कार्यकालका लागि उम्मेद्वारी दिएका छन् । वर्तमान कार्यसमितिमा युवा संयोजक बनेर सफलतापुर्बक कार्यकाल सम्पन्न गरेका खातीले एनआरएनमा युवा सहभागिता वृद्धि एबम एनआरएनलाइ मुद्धा केन्द्रित बनाउन जान लागेको बताएका छन् ।Image may contain: Swaraj Khati, standing and indoor

धनुषा जिल्लामा जन्मेर अमेरिका आइ लुजियाना बिस्वबिद्यालयबाट कम्पुटर साइन्समा आफ्नो पढाइ सकेपछि आइटी टेकको रुपमा काम गर्दै आएका छन् । युवा संयोजकको रुपमा बिद्यार्थी छात्रवृति कार्यक्रमलाई संस्थागत बनाउनुको साथै संस्था भित्र बिभिन्न धारणाहरुलाई सन्तुलनमा राख्न प्रयत्न गर्दै आएका छन् ।

अमेरिकाको प्रभाव बिस्वमा अत्यधिक रहे पनि एनआरएन अमेरिका भने आइसीसीमा बत्ती बालेर खोज्नु पर्ने अवस्था छ । आइसीसीले गरेका कामहरु बारे अमेरिकामा रहेका एनआरएनहरु बेखबर छन् । त्यहाँ आइसिसिले गर्ने कामहरुमा एनआरएन अमेरिकाले नेतृत्व लिन सकेको छैन । आइसीसी र एनसिसिहरु बीच समन्वय र सम्पर्कको भरपर्दो संयन्त्र छैन । यी सबै कुराहरुलाई सम्बोधन गर्न मैले आइसीसीमा जाने निधो गरेको हुँ ।

आइसीसी सदस्यको रुपमा निर्बाचित भए पछि मैले एनसिसि अमेरिका संग आइसीसीलाइ जोड्ने काम गर्नेछु । आफ्नो आइसीसीमा जान खोज्नुको कारणबारे सोधेको प्रश्नमा खातीले प्रस्ट पार्दै भनेका छन् । बिभिन्न कारणहरुले गर्दा एनआरएनमा युबाहरुको सहभागिताको कमी महशुश भैरहेको अहिलेको अबस्थामा खाती जस्ता क्रियाशील, कर्मठ र नेपालीहरुको लागि केहि गरौँ भन्ने चाहना र योजना भएका युबाहरु अगाडी आउनु खुशीको कुरा हो । खातीजस्ता शिक्षित र सालीन जति धेरै आउँछन, एनआरएन त्यति नै बलियो, सक्रिय र सबल बन्छ भन्नेमा कुनै द्विविधा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *