२०८१ वैशाख ७ गते | 19th of April 2024

एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्षमा ईन्दिरा त्रिपाठी पनि उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १८ गते ११:०८

लस एन्जलस – गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा ईन्दिरा त्रिपाठीले उम्मेदवारी दर्ता गराएकी छन । त्रिपाठीले समाजसेवी उपेन्द्र सापकोटाको प्रस्तावक र सामाजिक अभियान्ता नेत्र प्रसाद मैनालीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन । एनआरएनए अमेरिकाकी वर्तमान महिला संयोजक त्रिपाठीले महिला समानता, नारी आवाज र समाजिक निरन्तरताका लागि आफुले उम्मेदवारी दिएको बताएकी छन । उम्मेदवारी दर्तासँगै त्रिपाठीले सहयोगको लागि सबैमा अपिल गरेकी छन ।

Image may contain: Indira Tripathi, text

त्रिपाठीको बिज्ञप्ति :

अमेरिकावासी आदरणीय एनआरएनको आजीवन, साधारण र अन्य सदस्य महानुभावज्यूहरुमा नमस्कार !
नयाँ बर्ष २०७६ सालको मंगलमय शुभकामना सहित एनआरएन अमेरिकाको निर्वाचनको माहौलमा मैले आफ्नो उम्मेदवारी वरिष्ठ उपाध्यक्ष पदमा दाखिला गरेको यहाँहरु समक्ष जानकारी गराउन चाहन्छु । वरिष्ठ उपाध्यक्ष पदमा मेरो उम्मेदवारीको प्रस्ताव गर्नुहुने समाजसेबी मित्र उपेन्द्र सापकोटा र समर्थन गर्नुहुने सामाजिक अभियान्ता नेत्र प्रसाद मैनालीलाई धरै धन्यवाद गर्दै मेरो यो उम्मेदवारीको लागि निकै सहज वातावरण गराउनु हुने। सहयोगीहरुप्रति निकै आभारी छु ।

हाल वर्तमान कार्यसमितीको महिला संयोजक भई बिभिन्न समितिमा रहेर सक्रिय रुपले काम गरेको यहा समक्ष छर्लंग छ र समयको कमीले केहि काम अझै गर्न इच्छुक रहेकोले यहांहरुलाई जानकारी गराउन चाहन्छु र एनआरएन अमेरिका हाम्रो राम्रो र एक पटकको नेपाली संधैको लागी नारा लिएर यस सम्बब्धि आइपर्ने कामहरु निरन्तर गर्न प्रयास गर्ने छु । बिगतमा यहाँहरुले महिला संयोजक पदमा मलाई जिताउन सहयोग गर्नुभएकोले फेरी पनि पून सहयोग, साथ अमुल्य मतको अपेक्षा गर्दछु ।

Image may contain: Indira Tripathi, smiling, text

धन्यवाद,
जय एनआरएन !

इन्दीरा त्रिपाठी
महिला संयोजक एवम वरिष्ठ उपाध्यक्ष प्रत्यासी (२०१९- २०२१)
गैर आवासीय नेपाली संघ, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *