२०८१ वैशाख ८ गते | 20th of April 2024

बिनोद रुवाली – एनआरएनए अमेरिकाको युवा संयोजक पदका उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १८ गते ११:२०

न्यूयोर्क – एनआरएनए अमेरिकाको आगामी निर्वाचनका लागि युवा संयोजक पदमा न्यूयोर्क निवासी युवा बिनोद रुवालीले उम्मेदवारी दर्ता गराएका छन । नेजसका नेता तथा एनआरएनकर्मी टक रुवालीका सुपुत्र बिनोद रुवालीका प्रतिबद्धताहरु :

आदरणीय गैर आवासीय नेपाली दाजुभाई दिदी बहिनीहरु,
म एनआरएन – एनसीसी अमेरिकाको युवा संयोजकको प्रत्यासी भएको कुरा यहॉहरुलाई अवगत गराउँदै युवा संयोजकको भूमिकामा मैले गर्न चाहेका कुराहरु यहॉहरु समक्ष राख्न चाहन्छु ।
1. अमेरिकामा बसोबास गर्दै आइरहेका युवाहरूलाई एकीकृत, संगठित एवम् सशक्तिकरण गरि आफ्ना महत्त्वपूर्ण मुद्दाहरूमा आवाज उठाउन क्षमता बिकास गराई NRN movement मा सहभागी गराउँदै नेपालसंगको हाम्रो भावनात्मक संबन्ध दोस्रो र तेस्रो generation मा पनि कायम गराउनु मेरो मूख्य प्राथमिकता रहने छ। यसका लागि सबै NCC chapter हरूको youth cordinator हरू सहभागी गराएर youth forum गठन गरिनेछ।
2. खेलकूद मार्फत अमेरिका रहेका युवा र क्षमतावान खेलाडीहरूलाई नेपालमा हुने राष्ट्रिय खेलकूद तथा अन्य प्रतियोगिताहरूमा सहभागी गराउने कार्यलाई थप प्रभावकारी बनाउने ।
3. NRNA chapter हरूसंग coordination गरेर दोस्रो र तेस्रो generation का युवाहरूलाई नेपाली भाषा र संस्कृतिसंग connect ग़राउन बिभिन्न प्रतियोगितात्मक कार्यक्रम जस्तै नेपाल सम्बन्धि आर्ट compitition, निबन्ध लेखन जस्ता कार्यक्रम गराईनेछ।
4. अहिले संचालनमा रहेको scholarship program लाई state chapter संग कोअर्डिनेशन गरी भार share गरेर सबै state मा बिस्तार गर्न पहल गर्नेछु।
5. अहिले संचालनमा रहेको NRN e-library project लाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन पहल गर्नेछु।

यी कार्यहरु पूरा गर्नका लागि यहाँहरूले आफ्नो अमूल्य मत दिई विजयी गराउनु हुन म हार्दिक अपिल गर्दछु । यहाँहरूको साथ र सहयोगले मलाई मेरा सङ्कल्प र वाचाहरू पूरा गर्न प्रोत्साहन मिल्ने छ । म प्रवासी नेपाली युवाहरुको हितको लागि निरन्तर लागि रहने छु ।
यहाँहरूको सहयोगको उच्च सम्मान गर्छु, गरिरहने छु ।

जय NRNA
जय नेपाल

बिनोद रूवाली
[email protected]
फ़ोन : ३४७-८२०-५५७३
उम्मेदवार (युवा संयोजक)
एनआरएन-एनसीसी, युएसए

Leave a Reply

Your email address will not be published. Required fields are marked *