२०८१ वैशाख ११ गते | 23rd of April 2024

सान-फ्रान्सिस्कोमा इमिग्रेशन क्लिनिक कार्यक्रम हुने

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख २८ गते २१:४०

सागर श्रेष्ठ /सान फ्रान्सिस्को – अन्योलपूर्ण अमेरिकी आप्रवासन निती, आप्रवासी नेपालीहरुलाई पनि कानुनी परामर्श र जानकारी दिने उदेश्यले मे १२, २०१९, आईतवार सान्-फ्रान्सिस्कोमा इमिग्रेशन क्लिनिकको आयोजना गरिएको छ । लायन्स क्लब अफ सान लियान्द्रो मनकामनाद्वारा आयोजित गर्न लागिएको कार्यक्रमलाई एनआरएनए अमेरिका, हेल्प डेस्क उत्तर क्यालिफोर्नयाको सहयोग आयोजक संस्थाका चार्टर प्रेसिडेन्ट लायन चन्द्र धितालले वताउनु भएको छ ।

आयोजक संस्थाका अध्यक्ष एवम अधिवक्ता यज्ञ नेपाल तथा अधिवक्ता गोपाल शाहले कार्यक्रममा अमेरिकी कानुनको बारेमा प्रश्न र जिज्ञासाको सम्वोधन गर्नुहुनेछ । साथमा रविन सुबेदीले एनआरएन नागरिकताको बारेमा कार्यक्रममा प्रस्तुती दिनुहुनेछ । कार्यक्रममा टिपीएस, कागजबिहिन नेपालीहरुलाई कानुनी परामर्श र बैध मार्गहरुका बारेमा प्रस्तुती रहने हेल्प डेस्कका स्थानिय संयोजक तुलसी चौलागाईंले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *