२०८१ वैशाख ६ गते | 18th of April 2024

बौद्धिकताको एनआरएन बनाउन पहल गर्नेछु – उपाध्यक्ष पदका उम्मेदवार सुवेदी

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ ३ गते १६:१०

स्याङ्जा जिल्लाको सामान्य परिवारमा जन्मेका एक ब्यक्ती अहिले अमेरिकामा सामाजिक तथा आर्थिक सफलताका धेरै सिंढी चढ्न सफल भएका छन । माता मनमाया सुवेदी र पिता होमनाथ सुवेदीका यी परिश्रमी सुपुत्र अहिले जन्मभुमीको प्रेम साथमा लिएर सामुदायिक सेवाको निरन्तरताको लागि एनआरएनए अमेरिकाको मैदानमा परिवर्तनको सपना लिएर एकछत्र लागिपरेका छन । एनआरएनए अमेरिकाको पहिलो च्याप्टरका वर्तमान सभापती तथा आसन्न निर्वाचनका लागि विस्कन्सन राज्यबाट उपाध्यक्ष पदका उम्मेदवार बुद्धी सुवेदी ।

चितवन जिल्ला बघुडामा जन्मिएर २०४४ सालमा बिद्धालयस्तरको शिक्षा समाप्त गरेर बनबिज्ञानमा पोखराबाट प्रमाण पत्र तह, त्रिवि किर्तिपुरबाट ब्यबस्थापनमा स्नाकोत्तर, त्यहीबाट शिक्षा शास्त्रमा स्नाकोत्तर त्रिविमै उप-प्राध्यापक बनेका बौद्धिक सुवेदी अहिले अमेरिकाको विस्किन्सन राज्यमा बसोबास गर्दछन ।

डिभी लोटरीमार्फत सन २००३मा अमेरिकाको मेरिल्यान्ड छिरेका सुवेदी अवसरको खोजीमा ‘अर्निङ्ग व लर्निङ्ग’ मध्य एकलाई जिवनको उदेश्य बनाउनु पर्छ भन्दै अर्निङ्गलाई प्राथमिकअता दिएर विस्कन्सन राज्यको फक्स भ्यालीमा सन २००७ सालदेखी आफ्ना धेरै ब्यबसायहरुका मालिक बनेका छन ।

जन्मभुमीमा प्रौण शिक्षा, युवा क्लबजस्ता सामाजिक कार्यहरुमा सकृय सुवेदी त्यही सेवाभावले परदेशमा पनि केही गरौं भन्दै आफ्नो ब्य्वसायिक जिवनको शुरुवात्संगै स्थानिय फक्स भ्यालीमा नेपाली कला एवम संस्कृतिको जगेर्नाका लागि ‘नेपलीज एपलटन युथ एशोसियशन’ गठन गरी सुवेदी संस्थापक संरक्षकको रुपमा रहिआएका छन । २०१२ देखी देवघाट आश्रमलाई निरन्तर सहयोग गर्दै आएका छन ।

भुकम्पले देश रोएको बेला होस् या दुरदराजका बिद्धालयका गरिब बिद्धार्थीहरुलाई निरन्तर अभिभाकत्व प्रदान गरौंदै आएका छन, सुवेदी । स्थानिय गैर सरकारी संस्था मार्फत वार्षिक २,४०० डलर अफ्रिकी मुलुकको लागि सहयोग गर्दै आईरहेका छन, सुवेदी ।

सामाजिक सकृयता, जन्मभुमीलाई परदेशबाट गरिन सकिने सहयोग र सम्बन्ध बिस्तारका लागि ‘एकपटकको नेपाली – सधैंंको नेपाली’ भन्ने मुल नाराका साथ एनआरएनए अमेरिकाका वर्तमान अध्यक्ष डा. केशब पौडेल मार्फत एनआरएनए अमेरिकामा सकृय भएर सुवेदी अघि बढे । एनआरएनए अमेरिकाको पहिलो च्याप्टरको रुपमा स्थापना भएको विस्कन्सन राज्य च्याप्टरको संस्थापक अध्यक्ष बने, सुवेदी ।

अमेरिकी कानुनमा एनआरएनए अमेरिकाको च्याप्टरहरुलाई दर्ता गराउने क्रममा २६ च्याप्टरहरु मध्य सबैभन्दा पहिले आफु सकृय विस्कन्सन राज्य च्याप्टरलाई दर्ता गराई स्टेट रजिस्टर च्पाटर बनाउन सफल सुबेदीले राज्यभित्र नेपालीहरुलाई पर्ने समस्याहरुलाई सेवा गर्ने ध्ययले आपतकालिन कोषको स्थापना, नेपाली बिद्धार्थीहरुलाई विस्कन्सन राज्यस्तरको स्कलरसिप, मिड वेष्टकै ठुलो स्वास्थ्य शिविर, साईवर क्राईम सचेतना प्रशिक्षण र एनसिसीको निर्देशनमा धेरै कामहरु सम्पन्न गरेका छन ।

विस्कन्सन राज्यमा सामुदायिक केन्द्र स्थापना गर्ने लक्ष्य संगसंगै एनआरएनए अमेरिकाको भोलीदेखी शुरु हुने निर्वाचनका लागि मिड वेष्ट क्षेत्रका लागि उपाध्यक्ष पदमा सुबेदी आफ्नो उम्मेदवारीका साथ अमेरिकाका बिभिन्न राज्यहरुमा चुनावी कार्यक्रम, प्रचार र मित्रहरुसंगको सम्बन्ध विस्तार पछी कर्मथलो विस्कन्सन राज्य फर्किएका छन ।

सधैं हंसिला, कम बोल्ने, बौद्दिक एवम टीम सुनीलका शक्तिशाली उम्मेद्वार सुवेदी जनप्रिय मानिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *