२०८१ वैशाख ७ गते | 19th of April 2024

मिडिया काउन्सिल बिधेयक फिर्ताका लागि पत्रकार महासंघको आन्दोलनप्रति नेजाको समर्थन

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख ३१ गते ७:५२

मे ११, २०१९

प्रेस विज्ञप्ती

प्रेस स्वतन्त्रता विरोधी नेपाल सरकारले ल्याउन लागेको मिडिया काउन्सील विधेयक फिर्ताका लागि नेपाल पत्रकार महासंघले सुरु गरेको विरोध तथा आन्दोलनका कार्यक्रम प्रति नेपाल अमेरिका पत्रकार संघ(नेजा) ऐक्यवद्धता प्रकट गर्न चाहन्छ ।

नेजा स्थापनादेखिनैं नेपाल पत्रकार महासंघसग सहकार्य गरेर अघि बढिरहेको अवगत गराउदैं अहिले जसरी महासंघले विरोध र आन्दोलनका कार्यक्रम अघि सारेको छ त्यसमा नेजाको पूर्णत समर्थन रहेको छ । नेपालमा विना अवरोध पत्रकारहरुले पत्रकारिता गर्न पाउनुपर्छ भन्ने मान्यतासहीत स्वतन्त्र र निर्भिक पत्रकारिताको पक्षमा नेजा रहेको पनि यो अवसरमा पुनः जोडदार ढंगले धारणा राख्न चाहन्छ ।

लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि संचार जगतले खेलेको योगदानको समेत अवमुल्यन गरी मिडिया काउन्सील विधेयक मार्फत नेपाल सरकारले प्रेसस्वतन्त्रतामाथि प्रहार गर्न खोजेको ठम्याई नेजाको रहेको छ । आफूलाई लोकतान्त्रिक बताउने वर्तमान सरकारले जुन विधेयक संघीय संसदमा पेश गरेको छ यस भित्र राखिएका कतिपय बु“दा नहटाइ विधेयक पास भए नेपालमा स्वतन्त्र संचार माध्यममाथि अंकुश लाग्ने स्पष्ट देखिएको छ ।

लोकतन्त्रको आधार पूर्ण प्रेस स्वतन्त्रता हो भन्ने कुरालाई बुझेर संसदमा प्रस्तुत विधेयक फिर्ता लिई सरोकारवालाहरुस“ग समन्वय गरी आवश्यक कदम अगाडि बढाउन नेपाल सरकारस“ग नेजा आग्रह गर्न चाहन्छ । र नेपाल सरकारले समयमैं यसको मर्म र गम्भिरतालाई बुझेर निर्णय लिनेछ भन्ने अपेक्षा नेजाको रहेको छ तर यदि त्यसो हुन नसके त्यसका विरुद्ध आन्दोलन थालेको नेपाल पत्रकार महासंघले चाल्ने जुनसुकैं कदममा नेजा हातेमालो गरेर अघि बढ्ने समेत जानकारी गराउन चाहन्छौं ।

किरण मरहठ्ठा
महासचिव
नेपाल अमेरिका पत्रकार संघ(नेजा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *