२०८१ वैशाख ७ गते | 19th of April 2024

एनआरएनए अमेरिकाको मौरी, गौरीको लौरी

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ ३ गते ६:२७

-गोकुल ढकाल

दुई सय पचास उम्मेदवार लडेका छन, एनआरएनए अमेरिकाको निर्वाचनमा । को आफ्नो को बिरानो ! पत्रकारिता देखाउने चलाईएको आफ्नो दोकानमा कसको भजन लेखुम, कसलाई प्रतिपक्षीका देखुम ? आ…बरु एक मानाको चामलको भातसंग चार डाडु तिहुन माथी पांच मुठी दुध र भईयाको दोकानको अचार लुड्याउंदै डङ्गरङ्ग पुन्टे सुंगुर झैं लडिन्छ डिसिजन गरियो, हिजो । १८ बर्षदेखी श्रीमतीले साथ दिएजस्तै १० बर्षदेखी मेरो जिन्दगीको गोरेटोमा निरन्तर दोस्रो श्रीमती बनेर कुदेको मेरो खटारोमा दाहिने हात थामाउंदै, देब्रे हातले झुर्ले कपाल कन्याउंदै मायाबी शहर लस एन्जलसको कुनै कुनाको गल्ली दौदंदै थिएं । अर्की कान्छी श्रीमती (मोबाईल)को नोटिफिकेशन बज्यो ।

एनाअरएनए अमेरिकाज क्षेत्रीय संयोजक गौरीराज जोशीको ब्यक्तिगत फेसबूकबाट स्टाटस आएको नोटिफिकेशन रहेछ । म जस्ता साधारणले शायदै कम सोचेको स्टाटसको केही अंश रातो बत्ती बल्दा पढियो । अर्को चोकको रातो बत्तीमा आशयसम्म पढ्न भ्याएं । पढ्दापढ्दै पछाडिकोले हर्न बजायो । हरियो बत्ती बलैसकेको रहेछ । अर्को चोकमा पनि रातो बत्ते बल्दिए हुन्थ्यो भन्दै आको बल्यो । तेस्रो रातोबत्तीमा जोशीले एनआरएनए अमेरिका निर्वाचनलाई ‘सोलिड रेड्लाइट’ बालेको अन्तिम अनुच्छेद पढियो । हिंद्डा हिंड्दै एनआरएनए पढ्नुपर्ने बाध्य्ता छ हामीलाई । ब्यक्तिगत रुपमा दंग भईयो , समस्याहरुका निदानका लागि सिर्जित आरसी पद र तिनका जिम्मेवार संयोजकले चुनावको मुखमा निर्वाचन रोक्ने ‘आदेश भन्दिन म आग्रह’ गरेकोमा तीन छक परियो ।

एनआरएनए अमेरिकाको आसन्न निर्वाचन, सर्वर डाउन, सदस्यता प्रकृया, सदस्यहरुका ब्यक्तिगत गोपनियताका चुहावट, अध्यक्ष एक प्रत्यासीमाथी टेक्सासमा भएको हर्कत र जोशीको रेडलाईटप्रति सब जानकार छन, अमेरिकामा । यी माथीका उप-शिर्षकहरु केही सत्य होलान तर केही नियोजित भने पक्कै छन ।

पावरको एक्सर्साईज :

एनआरएनए अमेरिका निर्वाचनको ईतिहासमा कुनै अध्यक्षका प्रत्यासीप्रति लहरको सहानुभुती थियो भने त्यो गौरीराज जोशी चुनाव लड्दाको बखतमा उनका पक्षमा उर्लिएको समर्थनको सागर थियो । आँफैंमा निर्णय गर्न सक्ने कम क्षमताका जोशीको चुनावी रथको ब्रेक खगेन्द्र जिसी र केशब पौडेलको हस्ताक्षरका लागि तत्कालिन आरसी सोनाम लामाको समर्थन लिन निकै महंगो टिकटमा शिकागो आएका आगामी आईसिसी अध्यक्ष पदका लिखितम प्रत्यासी कुमार पन्तको सामुन्ने गरिएको पेपरवर्कले लगायो । भर्जिनियादेखी सान्फ्रान्सिस्कोसम्म गौरीराज जोशीको कार्यक्रम चलाऊन एमसी समेत ईम्पोर्ट गरिएको उदाहरणहरुका समर्थनहरुमा समेत पुर्ण बिराम लागे, जब वर्तमान आरसी पदका लागि जोशीले सारा समर्थकहरुलाई निराशा बनाउंदै अदालतदेखी शिकागोको होटेलसम्म आफ्ना चाहनाका तन्ना बिछ्छाए ।

दश कक्षामा फर्स्ट ब्वाई तर आईसीसीको एसएलसीमा पद लिने बिषयमा उत्तिर्णाकं हासिल गर्ने एनआरएनए एनसिसीको दुई बर्षको परिक्षामा बिद्धालय चेन्ज गरेका जोशी त पास भए । तर फर्स्ट डिभिजन ल्याउने आशा गरिएका जिसीहरु अनुत्तिर्ण भए । सोनाम लामालाई कांग्रेस बनाउन शशांक कोईरालाको हातले रातो अबिर निधारमा दलेर क्रान्तीको चारतारे खादा समेत ओडाईयो । तर सबै अनुत्तिर्ण भए । आरसी पदमा निर्वाचित भएपछी हिजो डा. पौडेल, उनीसंगको शत्रुता र पून: डा. पौडेल हुंदै बनिएको जोशीको आरसी पदभन्दा जनसंपर्कका हाईकमान्डका केही सदसयहरु बढी पावरफुल बने । भूमिका यसरी मिडियो कि जनसंपर्क हाईकमान्डका ती सदस्यहरुको सल्लाह र सुझाव बेगर आरसीको बलले निर्णय भएका कमै उदाहरणहरु छन ।

भूमिकाहिनप्राय: आरसी पदको पावर सन्तुलनका लागि चुनावको अति अन्तिम घडीमा आरसी जोशीको ‘चुनाव रोक्ने आग्रह’को स्टाटस सार्वजानिक भयो । सदस्यता वितरण, सर्वर डाउन र गोपनियताको चुहावट अमेरिकी कानुनका नजरमा अपराध हुन । त्यस्ता समस्याहरुका अगाडी नजर लगाईएको त थियो होला तर जोशीको नजर त्यतिबेला पुग्यो, जब टेनेसी अदालतमा यो बर्षको लागि बोहोनी मुद्दा पर्‍यो ।

निर्वाचनको स्विकार्यता :

निर्वाचन हुन चार दिन बांकी हुंदा निर्वाचन रोक्न भनी आएको जेशीको बक्तब्यले सिर्जना गरेको दुबिधाले अनिश्चितता त सिर्जना गरेको थियो नै । तर बैधानिक संस्थाको सर्वोच्च संस्था साधारण सभाले निर्माण गरेको निर्वाचन समितिले के गर्छ भन्ने जिज्ञासाले सबका कान ठाडा बनाए । निर्वाचन आयुक्त विश्व बरालले ‘आफु मरे मात्र’ निर्वाचन रोकिने अडान लिएपछी जोशीको बक्तब्य र बरालको अडानको पावर कम्प्यारिजनको स्थिती सिर्जना भयो । आरसी जोशी एनसिसी अमेरिका र आईसिसी बिचका मझधारे हुन । राजनैतीक धारमा उभिएका आईसीसीका हरेक पदाधिकारीहरुको बिचमा जोशीको बक्तब्य आईइसीका सबै पदाधिकारीहरुले मान्दैनन भन्ने उदाहरण जोशीकै पालामा डा. बद्री केसीहरुको बक्तब्यबाजीको आधिकारिताले देखाउंछ ।

नेपालमा शुरु भएको मर्चेन्ट बिजनेशमा जोशीका साझेदारी तथा एनआरएन आईसिसीमा आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार कुमार पन्तसंग आरसी जोशीको गहिरो मित्रता छ । एमालेको पृष्‍ठभुमीका पन्त अमेरिकामा जनसंपर्कका हाईकमान्डसंग पनि राम्रो सम्बन्ध राख्न सफल छन । डा. बद्री केसी र कुमार पन्तले आफ्नो बक्तब्य निर्देशन अनुमोदन गरिदिने भरोशा गरेका जोशीको बक्तब्यलाई एनआरएन आईसिसीले बिगत्मा जस्तो सोझै हस्तक्षेप गरेन । कारण थियो, कुमार पन्तसंगै अध्यक्षमा प्रतिस्पर्धा गर्ने सम्भावित पात्र बेलायतका कुल आचार्य । नेपाली कांग्रेससंग नजिक आचार्यले निर्वाचन गराउन र आधिकारिकताको लागि ज्यान दिने बचन दिए, एनसिसी अमेरिकालाई । कसैको साथको भर नभएका चतुर वर्तमान आईसिसी अध्यक्ष भवन भट्टले पनि एनसिसी अमेरिकाको निर्वाचनको आधिकारितालाई मन्यता दिन साथ दिने हल्का आश्वासन पाएपछी खुशी भए, अमेरिका एनआरएनका अध्यक्ष डा. केशब पौडेल ।

आईसिसीको आगामी निर्वाचनमा महासचिव पदमा चुनाव लड्ने भनिएका कांग्रेसका कांग्रेस, नेकपाका नेकपा र राप्रपाका राप्रपा आरसी जोशीको राजनैतीक समर्थनको लाईन क्लियर छैन । राजनैतीक लाईन क्लियर नभएका एनआरएनवालाहरुले भोलीको असम्भवप्राय छ । आईसीसीमा सभापती पद दोर्ह्याउन लालायित चतुर गोर्खाली भट्ट, कागजमा सम्झौता गरिएको घटना अघि सारेर अध्यक्षकै प्रत्यासी बन्दैगरेका भट्टका पल्लो गाउंले कुमार पन्त र शान्त तवरले यी दुई गोरखाली भाले जुधाईमा आफु बिकल्प बनिने सोच्दै अध्यक्षको चुनाव लड्ने मुड बनाएका पर्वतका कुल आचार्यहरुको आ-आफ्नै पावर समर्थक अमेरिकामा भएकोले आईसिसीको पुरै तागत जोशीको बक्तब्यलाई पुगेन ।

अध्यक्ष डा. पौडेलको बक्तब्य :

आफ्नो कार्यसमितिले सम्पन्न गर्न लागेको चुनाव रोक्न आफु नै साक्षी बसेर बनाईएका आरसी जोशीको बक्तब्य र आईसीसी पदाधिकारीहरुले गर्ने समर्थनको लाईन राम्रारी बुझेका राजनीतिका माहिर खेलाडी डा. पौडेलको खन्डन बक्तब्य त्यसै दिन आउने अपेक्षा गरिएको थियो । त्यो दिन घाम त्यत्तिकै अस्ताए । भोलीपल्ट ‘एनआरएनए अमेरिकाका सदस्यहरुको ब्यक्तिगत गोपनियताको चुहावट गर्नेलाई कारवाही गरिने र प्रारम्भिक छनबिनको प्रकृया शुरु भएको’ आशयमा डा. पौडेलको बक्तब्य आयो । जोशीको बक्तब्य घटनासंगै अमेरिकी बजारमा चर्चा भएको ‘गोपनियताको चुहावट’ छानबिन गरिने आश्वासनको लाग्ने त ‘आरसीको चाहनाले एनआरएन अमेरिकाको चुनाव नरोकिने’ भाषाको बक्तब्य थियो, अध्यक्ष डा. पौडेलको ।

निर्वाचनका सम्पूर्ण तयारी पुरा भएको अवस्थामा कसैको चाहनाले चुनाव नरोकिने डा. पौडेलले बताएका थिए । ‘निर्वाचनका लागि सम्मानित अदालतको आदेश’ शिरोपर गर्नु एनसिसीको कर्तब्य रहेको मन्तब्य दिएका डा. पौडेल दुई पटकको चार बर्षे आफ्नो कार्यकालको अन्तिम घडीमा हुन लागेको निर्वाचनलाई आईसिसीको मान्यताका लागि भोली लड्ने तर ‘जोशीको बक्तब्यलाई चुनौती दिएरै’ चुनाव गराउने मोडमा थिए ।

उम्मेदवारहरुको खर्च  :

पावर, अवस्था र समाधानका जुन कोणबाट जोशीको बक्तब्य आएपनि चुनाव सार्न एउटा असम्भव बिन्दु भनेको उम्मेदवारहरुले गरेको या लागेको खर्च पनि एउटा कारण थियो । भन्नैपर्छ, एनआरएनए अमेरिकाको निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासीहरुको खर्च पचास हजार डलरको हाराहारीमा छ । सदस्य बनाउन, टिकट, होटेल, खाना, चन्दा, विज्ञापन लगायतका शिर्षकहरुमा करिब पचास हजार न्युनतम खर्च भएको छ, उनीहरुको ।

पैसावालाहरुको मात्र संगठन भन्ने आरोप लागेको समग्र एनआरएनमा सामाजिक सकृयता, लगाव र ईमानले उम्मेदवारी दिनेहरु पनि छन । मतदाताहरु भेट्न र प्रचारका लागि टाढा-टढाका राज्यहरु घुम्नैपर्ने बाध्यताले आर्थिक हैसियतले कमजोर धेरै उम्मेदवारहरुको पनि चुनावी खर्च सर्-सापटीले पनि चलेको छ । परेदेशमा बचेँको समयमा समाजसेवा गर्छु भन्दा रकम खर्चिनुपर्ने अनेकन बाध्यताले धेरै उम्मेदवारहरु पीडित छन । जसको खर्च जसरी भएपनि आखिर परदेशमा सबैको पसिनाले नै आर्जेको पैसा हो । नेपालको संसदिय चुनावको झल्को दिने एनआरएनएका चुनावहरुमा अनावश्यक खर्चहरुका यी वाध्यताहरुमा ‘एनआरएनए अमेरिकालाई सपार्न’ को लागी आरसी जोशीको बक्तब्य आउंदा दुखी हुनेहरु पै धेरै छन ।

एनआरएनए अमेरिकाको शुरुदेखीकै अनुगमन नगरेको आरसी जोशीको सचिवालयको बक्तब्यका आफ्ना पाटाहरु छंदैछन । तर निर्वाचन सारेर फेरी ॠणको भारी बोक्न कैयन उम्मेद्वारहरु जोगी बन्ने बाटाहरु पनि त्यत्तिकै छन । समाजसेवा, पारदर्शिता र मितब्ययिताको पाठ सिकाउने एनआरएनए र तिनका अभियान्ता भनिनेहरुको अंशिक ब्यक्तिगत लहड र सौदाबाजीले समाज परिवर्तन गर्न एनआरएनमा होमिनेहरुको श्रीमतीसंग छोडपत्र र ॠणमा बकसपत्रमा हस्ताक्षर गरिनुपर्ने धेरै उदाहरण हाम्रा सामु देखिएका छन ।

छोक्रा र मह : 

एनआरएनए अमेरिका मौरीहरुको ठुलो घार हो । आ-आफै रानो बन्ने राजनिती भने यसमा ब्याप्त छ । सबै मौरीहरु मिलेर धेरै मह उत्पादन गर्नु सबैको कर्तब्य हो । कोही रानो बन्ने प्रयास नगर्दा मात्र यसको भलो हुन्छ । जुन घार घर बन्छ, त्यहां बढी मह उत्पादन हुन्छ ।

खुराफात, टकराव र बैमनष्यताले घार भत्किन्छ । नभत्काउने घार निर्माणका लागि आरसी र एनसीसीका अध्यक्ष तथा अभियान्ताहरुको एकताको मात्र अर्चना होस् । उत्पादित महमा पनि छोक्राहरु हुन्छन, ती छोक्राहरु फ्यालेर असली मह निकालियोस । डिलेगेट्स नेपाल लैजाने निहुंमा रानोहरुको लडाईंमा सबै मौरीहरु नपरुन । जसका लौरीहरु घारमा ठोसिएपनि बिच्किने मौरीहरु (हामीहरु) नै हौं ।

पन्त र केसीको पहलमा बार्ता, एनआरएनए अमेरिकाको चुनाव हुनेभो :

रातारात पाकेको बेल देखेर हर्ष र बिस्मात पाल्नेहरु धेरै थिए । गिरिजाप्रसाद कोईरालालाई तनाव हुंदा बिराटनगर गएजस्तै एनआरएनए अमेरिकामा तनाव हुंदा शिकागोमा भेट हुने चलन बसेको छ । परारको चुनावमा आएको तनावमा भाग लिन कुमार पन्त रातारात शिकागो आईपुगे । हरिबोल भन्डारीको पहलमा आईसीसी उपाध्यक्षको समझदारी र महासचिव डा. बद्री केसीको सक्रियताले डा. केशब पौडेल, हरिबोल भन्डारी, प्रमोद सिटौला, बिष्णु सुवेदी र गौरीराज जोशी लगायतको बैठकले परारको समस्या समाधान गर्‍यो ।

अनेकन बिवाद भएको भनिएको बखत आफ्नो अन्तिम चुनावी कार्यक्रमका लागी अध्यक्ष पदका प्रत्यासी सुनील साह र उनका टीमका हस्तीहरु सिपी पौडेल र कृष्णजिवी पन्थहरु पनि सिकागो उडे । एनआरएनए अस्ट्रेलियाको बैठकमा भाग लिन पुगेका बिष्णु सुवेदी पनि शिकागो पुगे । एनआरएनए अमेरिकाको समस्या, त्यसमाथी पनि प्रजातान्त्रिक पक्षधरका समस्यामा सधैं समन्वयकारी भुमिका खेल्ने निर्णायकहरु हरिबोल भन्डारी र प्रमोद सिटौला पनि शिकागो पुगे । जनसंपर्क समितिको मिनी अधिवेशनको भान दिने सुनील साहको शिकागो सभामा सबैले एकता र बलको भाषण सहित साहलाई शुभकामना दिए ।

यता आरसी जोशीको बक्तब्यले बजार पिटिरहेको थियो । अध्यक्ष डा. पौडेल चुनाव गराउन उद्धत थिए । आईसिसिको मौनताको बिचमा अध्यक्ष पदका उम्मेदवारहरुको असहमती, जोशीको बक्तब्य, डा. पौडेलको चाहना, निर्वाचन समितिको तयारी, सदस्यता भेरीफिकेशन र गोपनियताको चुहावाटले बांकी दोकान चलिरहको एनआरएनए अमेरिकाको बजारमा सामाधानको औषधी बेच्ने पसलको आवश्यकता खड्किरह्यो । शिकागो अन्त बन्दा बढी तात्यो ।

आईसिसीका सल्लाहकार हरिबोल भन्डारीको अगुवाईमा प्रमोद सिटौला, बिष्णु सुवेदी, सिपी पौडेल र कृष्णजिवी पन्थहरुको भौतिक बैठकले अध्यक्ष डा. पौडेल र आरसी जोशीको सल्लाहमा अध्यक्ष पदका प्रत्यासीहरु सुनील साह, सुर्य लम्साल र संजय थापासमेतको बैठक सम्पन्न गरेको छ, आईसिसी महासचिव डा. बद्री केसीको उपस्थितिमा ।

पांच सदस्यीय रिभेरिफिकेशन समिती बनेको छ । यी हरफहरु लेखिंदै गर्दा उता रिफेरिफिकेशन चलिरहेकोछ र अब आकाशको तारा नखसे पर्सी १८ र १९ तारिख एनआरएनए अमेरिकाको निर्वाचन हुनेछ ।

जय एनआरएन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *