२०८१ वैशाख ६ गते | 18th of April 2024

चारबर्षे मेरो कार्यकाल एनआरएनए अमेरिकाको संस्थागत बिकासतर्फको जोडमा रह्यो – अध्यक्ष डा. पौडेल

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ ६ गते १६:०४

अमेरिका – एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले नव-निर्वाचित कार्यसमितिलाई बधाई दिएका छन । ‘आगामी दुई वर्षका लागि वर्तमान बरिष्ठ उपाध्यक्ष सुनील साहको नेतृत्वमा निर्वाचित नयॉ कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । साथै कार्यकाल पूर्ण सफलताको शुभकामना समेत व्यक्त गर्दछु ।’ अध्यक्ष डा. पौडेलले आफ्नो बक्तब्यमा जनाएका छन ।

आफ्नो चारबर्षे कार्यकाल एनआरएनए अमेरिकाको संस्थागत बिकासतर्फ जोड रहेको बताउंदै अध्यक्ष डा. पौडेलले आफ्नो चार बर्षे कार्यकालमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहगोग प्रदान गराउने सबैप्रती आभार प्रकट गरेका छन । ‘मेरो पहिलो कार्यकालमा रहेको कार्यसमिति र दोस्रो कार्यकालमा रहेको कार्यसमितिमा रहेर म सगैं सहकार्य गरी संस्थालाई गतिदिन निरन्तर खट्नुभएका पदाधिकारी तथा सदस्यहरु पनि धन्यवादको पात्र हुनुहुन्छ,’ डा. पौडेलले बक्तब्यमा जनाएका छन ।

निवर्तमान अध्यक्ष डा. पौडेलद्दारा जारी बक्तब्य :
आदरणीय गैर आवासीय नेपाली संघ अमेरिकाका सम्पूर्ण सदस्यज्यूहरु
अमेरिका निवासी गैर आवासीय नेपाली आमा बुबा, दाजुभाई तथा दिदिबहिनी एवं संचारकर्मी मित्रहरु,
नमस्कार ।

सर्व प्रथम हामी सबैं प्रवासी नेपालीको प्रतिनिधिमुलक साझा संस्था गैर आवासीय नेपाली संघ अमेरिकाको आगामी २ वर्षका लागि वर्तमान बरिष्ठ उपाध्यक्ष सुनील साहको नेतृत्वमा निर्वाचित नयॉ कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । कार्यकाल पूर्ण सफलताको शुभकामना समेत व्यक्त गर्दछु ।

संस्थाको गरिमामय निर्वाचनमा भागलिनु हुने सम्पूर्ण उम्मेदवारहरु, विजेता र उपबिजेता मित्रहरु तथा आफ्नो मताधिकारको प्रयोग गरी निर्वाचनमा भाग लिनुभएका सम्पूर्ण मतदाता ज्यूहरुमा समेत आभार व्यक्त गर्न चाहन्छु ।

नेपाल बाहिर बस्नुहुने हामी नेपालीको प्रतिनिधि मुलक, साझा र गौरवपूर्ण संस्था एनआरएनए एनसीसीको महत्वपूर्ण राष्ट्रिय समन्वय परिषद् अमेरिकाको दुई कार्यकाल गरी ४ वर्ष नेतृत्वमा रहेर काम गर्ने अवसर प्रदान गर्नुहुने एनआरएनए अमेरिकाका सदस्य ज्यूहरुप्रति पनि कृतज्ञता ज्ञापन गर्न चाहन्छु । मेरो पहिलो कार्यकालमा रहेको कार्यसमिति र दोस्रो कार्यकालमा रहेको कार्यसमितिमा रहेर म सगैं सहकार्य गरी संस्थालाई गतिदिन निरन्तर खट्नुभएका पदाधिकारी तथा सदस्यहरु पनि धन्यवादको पात्र हुनुहुन्छ ।

मेरो कुल ४ वर्षे कार्यकालमा मेरो ध्येय संस्थाको संस्थागत विकास तर्फ जोड रह्यो । संस्थालाई गतिशिल बनाउनका लागि हामीले यो विचमा धेरैं कार्यहरु गर्यौं । मेरो नेतृत्वको कार्यकाललाई सफल बनाउनका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा तपाईहरु सबैको सहयोग रह्यो । यो घडीमा एनआरएनए अमेरिका स्थापनाका अग्रज ज्यूहरु, पूर्व अध्यक्ष ज्यूहरु, पूर्व पदाधिकारी ज्यूहरु, पूर्व बोर्ड सदस्यज्यूहरु एवं सम्पूर्ण अभियन्ता ज्यूहरुहरुप्रति पनि सम्मान व्यक्त गर्न चाहन्छु । दुवैं कार्यकालमा संस्थाको सल्लाहकार समितिमा रहनुहुने सल्लाहकारज्यूहरु प्रति पनि विशेष धन्यवाद दिन चाहन्छु । एनआरएनए अाईसीसी परिवारप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यस संघका स्थानीय राज्य च्याप्टरमा रहेर हातेमालो गर्ने सबैं साथीहरुप्रति पनि धन्यवाद व्यक्त गर्न चाहन्छु । यस ४ बर्षको अवधिमा हाम्रो एनसीसी संग हालेमालो गर्ने सम्पूर्ण स्थानिय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई पनि धन्यबाद र आभार ब्यक्त गर्न चाहन्छु। संचारमाध्यमहरु एवं संचारकर्मीहरु जसले एनआरएनए अमेरिकालाई फलेको वृक्ष बनाउन निकैं ठूलो सहयोग गर्नुभयो र गरिरहनुभएको छ त्यसैले यहॉहरु प्रति पनि मेरो उच्च सम्मान रहेको छ ।

गैर आवासीय नेपाली संघ अमेरिकामा हामी आईसके पछि हाम्रो ध्यान संस्थाको संस्थागत विकासमा केन्द्रीत रहेको थियो । हामी कार्यसमितिमा रहेका साथीहरु विच केही विषयमा कहिले काही फरक मत रहेको भएपनि संस्थाको संस्थागत विकास, नेपाली समुदायबिच संस्थाको छवीमा बढोत्तरी गराउन र आईसीसी समक्ष संस्थाको गरिमालाई माथि उठाउदैं महत्वपूर्ण एनसिसीको रुपमा चिनाउन हाम्रो समिति सफल भएको तपाईहरुले समेत मुल्याकंन गर्नुभएकैं होला भन्ने हाम्रो विश्वास रहेको छ ।

प्रवासी हामी नेपालीका लागि आवश्यक रहेको दोहोरो नागरिकताको मुद्दामा होस् वा हाम्रा सन्ततीलाई आवश्यक पर्ने नेपाली भाषा पाठ्यक्रम निर्माणमा होस् अथवा विभिन्न राज्यमा नेपाली भाषामैं चालक अनुमती पत्रका लागि लिखित परिक्षाको व्यवस्थाका लागि होस् वा भुकम्प प्रभावितलाई सहयोग पुर्याउने देखि बाढीपिडितलाई सहयोग गर्ने कुरामा होस् त्यस्ता मातृ भूमि नेपालमा आवश्यक पर्ने सहयोग उपलब्ध गराउने दिशामा होस् हामी त्यस कार्यमा निरन्तर जुट्यौं ।No photo description available.

विभिन्न शहरमा स्थानीय नेपाली संघसंस्थाहरु सग मिलेर समुदायको हितमा काम गर्ने देखि हेल्प डेस्क निर्माण गर्ने, विज्ञ सम्मेलनको आयोजना , ईनभाईरोन्मेन्ट एकाडेमीको परिकल्पना, युथ स्कलरसीपको स्थापना र एनआरएनए मेम्वरसिप कार्डको व्यवस्था गर्ने जस्ता यो विचमा हामीले यथेष्ट कामहरु गर्यौं । मेम्वरसिप अाईडी कार्डको माध्यमवाट व्यवसायिक प्रतिष्ठानहरुमा केही प्रतिशत भएपनि सहुलियत प्राप्त गर्न सक्ने अवस्थाको थालनी गरेका छौं । यसका साथैं अमेरिकन मेन स्ट्रीममा नेपालीहरुको प्रतिनिधित्व गराउन भरमग्दुर सहयोग पनि गर्यौ र सफल पनि भयौ । यस बाहेक टेम्पोररी प्रोटेक्टेड स्टाटस(टिपिएस) का लागि हामीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा काम गर्यौं ।

संस्थाको ऐना भनेको वेभसाइट भएकाले त्यसलाई साजसज्जा देखि अन्य आवश्यक पर्ने टुल्सहरु समेत समावेश गरेर आकर्षक बनायौं । एनआरएनए अमेरिकालाई संस्थागत विकासको अभियानमा अगाडि बढायौं । यी यस्ता धेरैं कार्यहरु यो विचमा तपाई सम्पूर्णको सहयोगले मात्र संभव रह्यो । हामी त केवल ती कार्य गर्न निमिक्त पात्र मात्र थियौं यो सबैं कामहरु तपाईहरुकैं सहयोग, सहकार्य र साथले मात्र हुन सकेको हो । र आगामी दिनमा नया निर्वाचित कार्यसमितिले संस्थाको संस्थागत विकासमा अझ धेरैं सफलताका पाइलाहरु अगाडि बढाउन सकोस् हार्दिक शुभेच्छा राख्न चाहन्छु । निर्वाचन मार्फत नया नेतृत्व निर्माणको यो महत्वपूर्ण जिम्मेवारी कुशलता पूर्वक पुरा गर्नुभएकोमा विश्व बराल संयोजक तथा बासु देव फुलारा, हेमराज भट्ट,कुलमणी आचार्य र खड्ग उप्रेती सदस्य रहनुभएको निर्वाचन समितिलाई हार्दिक बधाई सहीत आभार समेत व्यक्त गर्दछु । यसैगरी निर्वाचनको महत्वपूर्ण पक्ष सदस्यता छानविन समिति सग जोडिएका ३ वटैं समिति रामकुमार सुवेदी नेतृत्वको सदस्यता छानविन समिति, डा. रुद्र अर्याल नेतृत्वको सुपरिवेक्षण समिति र विनय अर्याल नेतृत्वको तथ्याङ्क पुनः परिक्षण समितिमा रहेर सहयोग गर्नुहुने सबैंप्रति पनि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

अन्त्यमा, तपाई सम्पूर्ण सदस्यज्युहरु, सन्चारकर्मीहरु र अन्य सबैं महानुभावहरु प्रति उच्च सम्मान र आभार व्यक्त गर्न चाहन्छु । हामी सबैं मिलेर नैं संस्थालाई बलियो बनाउने हो । यो अभियानमा हातेमालो गरौं । म संस्थाको हरेक अभियानमा यहॉहरु सगै रहनेछु, एनआएनए अभियानसंग म सधैं जोडिएर रहनेछु र भविष्यमा पनि साथैं रहनेनैं छु ।

पुनश्च: यस संस्थाको साधारणसभा तथा नया कार्यसमितिको पदस्थापन कार्यक्रम आउदो जुलाई ६ र ७ गते इलिनोइस राज्यको शिकागोमा हुन गैरहेकाले त्यस कार्यक्रममा सहभागिताका लागि समेत सबैंमा अनुरोध गर्दछु ।

धन्यवाद ।
जय एनआरएनए ।
जय एनआरएनए अमेरिका ।

डा. केशव पौडेल
अध्यक्ष
गैर आवासीय नेपाली संघ, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *